Image

लमजुङको २२ मतदान स्थलको सुरक्षा व्यवस्था कडाई

काठमाडौं, २९ बैशाख

शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि लमजुङका २२ मतदानस्थल अति संवेदनशील सूचीमा छन् । उक्त मतदान स्थलको सुरक्षा व्यवस्थामा कडाई गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताए । लमजुङमा संवेदनशील स्थल ८० वटा छन् । १२३ मतदान स्थलमा १८२ वटा मतदान केन्द्र छन् ।

सुरक्षामा चुनौती हुने भएकाले यसमा सुरक्षाकर्मी परिचालनमा ध्यान दिएको  डिएसपी  कार्कीले बताए । जिल्ला सुरक्षा समितिले लमजुङमा मतदान केन्द्रको वर्गीकरण गरी संवेदनशीलताको सूची तयार पारेको हो । भौगोलिक विकटता, मतदान केन्द्रको सुरक्षा चुनौती र यातायातको सहज पहुँचका आधारमा मतदान स्थललाई अति संवेदनशील केन्द्रका रुपमा वर्गीकरण गरिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश शिवप्रसाद खनालले बताए ।

२०७४ को स्थानीय तह निर्वाचनको अवस्था हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । लमजुङमा एक लाख ३१ हजार ४९४ मतदाता छन् । जिल्लामा यसअघि एक लाख २२ हजार ८०६ जना मतदाता थिए । अतिसंवेदनशील केन्द्रहरुमा सुरक्षा व्यवस्थालाई बढी मजबुत बनाइएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ४ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ५ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *