Image

लमजुङको २२ मतदान स्थलको सुरक्षा व्यवस्था कडाई

काठमाडौं, २९ बैशाख

शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि लमजुङका २२ मतदानस्थल अति संवेदनशील सूचीमा छन् । उक्त मतदान स्थलको सुरक्षा व्यवस्थामा कडाई गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताए । लमजुङमा संवेदनशील स्थल ८० वटा छन् । १२३ मतदान स्थलमा १८२ वटा मतदान केन्द्र छन् ।

सुरक्षामा चुनौती हुने भएकाले यसमा सुरक्षाकर्मी परिचालनमा ध्यान दिएको  डिएसपी  कार्कीले बताए । जिल्ला सुरक्षा समितिले लमजुङमा मतदान केन्द्रको वर्गीकरण गरी संवेदनशीलताको सूची तयार पारेको हो । भौगोलिक विकटता, मतदान केन्द्रको सुरक्षा चुनौती र यातायातको सहज पहुँचका आधारमा मतदान स्थललाई अति संवेदनशील केन्द्रका रुपमा वर्गीकरण गरिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश शिवप्रसाद खनालले बताए ।

२०७४ को स्थानीय तह निर्वाचनको अवस्था हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । लमजुङमा एक लाख ३१ हजार ४९४ मतदाता छन् । जिल्लामा यसअघि एक लाख २२ हजार ८०६ जना मतदाता थिए । अतिसंवेदनशील केन्द्रहरुमा सुरक्षा व्यवस्थालाई बढी मजबुत बनाइएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ दिन अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ३ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ७ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *