• Home
  • समाचार
  • रिकभरीङ नेपाल मधेस प्रदेशको नयाँ नेतृत्व चयन, आयुष भुजेल अध्यक्षमा निर्वाचित
Image

रिकभरीङ नेपाल मधेस प्रदेशको नयाँ नेतृत्व चयन, आयुष भुजेल अध्यक्षमा निर्वाचित

वीरगंज – वीरगंजमा आज सम्पन्न भएको रिकभरीङ नेपाल मधेस प्रदेशको साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको छ। संस्थाको आगामी कार्यदिशा निर्धारण गर्ने उक्त सभाले आयुष भुजेललाई अध्यक्ष पदमा निर्वाचित गरेको छ।

नव-निर्वाचित कार्यसमितिमा बिकाश लामा उपाध्यक्ष, राज कुमार तामाङ सचिव, भूषण क्षेत्री कोषाध्यक्ष, साथै उदय यादव,अजय कुर्मी लगायत अन्य सदस्यहरू चयन भएका छन्। सभामा सहभागी सबै प्रतिनिधिहरूले नयाँ नेतृत्वलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

सहभागीहरूको भनाइ अनुसार, नयाँ नेतृत्वले संगठनलाई थप सक्रिय समावेशी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। विशेष गरी समुदायमा पुनर्स्थापना, परामर्श तथा पुनरावृत्त जीवनशैलीको प्रवर्द्धनमा कार्यरत संस्थाले आगामी दिनमा अझ विस्तारित रूपमा कार्य गर्ने प्रतिबद्धता जनाएको छ।

रिकभरीङ नेपालले विगत केही वर्षदेखि लत तथा दुर्व्यसनबाट प्रभावित समुदाय , विशेष गरी पुनर्स्थापना प्रक्रियामा रहेका व्यक्तिहरूलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

संस्थाले अब मानव अधिकार तथा स्वास्थ्य अधिकार सुनिश्चितताका लागि देशव्यापी रूपमा वकालत (Advocacy) र पैरवी (Lobbying) जस्ता कार्यक्रमहरूलाई पनि प्राथमिकतामा राख्ने जनाएको छ। यस क्रममा मुख्य प्रभावित समूहहरू — जस्तै लतपीडित, समाजबाट बहिष्कृत वा जोखिममा परेका व्यक्तिहरूलाई केन्द्रीत गर्दै सेवा प्रवाह गरिँदै आएको छ।

नयाँ कार्यसमितिले यस अभियानलाई थप नीतिगत तहमा प्रभावकारी बनाउने संलग्न सरोकारवाला निकायहरूसँग सहकार्य बढाउने र मूलधारको समाजमा पुनर्समावेशीकरण सुनिश्चित गर्ने दिशामा अघि बढ्ने प्रतिवद्धता जनाएको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *