राष्ट्रियसभा उपाध्यक्षमा साझा उम्मेदवार खडा गरिने छ –रमेश लेखक
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, माघ २१ गते । सत्ता साझेदार दलबीच गृह मन्त्रालयबारे विवाद मात्रै नभएर सैद्धान्तिक र वैचारिक बेमेल समेत रहेको राष्ट्रियसभाका लागि नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले बताएका छन् । आज सिंहदरबारमा विपक्षी दलहरूको बैठकपछि प्रतिक्रिया दिँदै मुख्य सचेतक लेखकले संसदमै मतभेद देखिइसकेको बताएका हुन ।
कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीको संयुक्त बैठकमा सहभागी भएर निस्केका मुख्य सचेतक लेखकले विपक्षी दलका तर्फबाट राष्ट्रियसभा उपाध्यक्षमा साझा उम्मेदवार खडा गरिने बताएका छन् । यसका लागि भोलि फेरि बैठक बसेर निर्णय गरिने मुख्य सचेतक लेखकको भनाई छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि