काठमाडौं, फागुन २० गते । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुने नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताएका छन् । आज सुर्खेतको गुर्भाकोटमा आयोजित एक कार्यक्रममा बोल्दै खड्काले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने र त्यसपछि प्रचण्ड नेतृत्वकै सरकारका कांग्रेस सहभागी हुने बताएका हुन ।
साथै उनले आगामी आर्थिक वर्षको बजेट कर्णालीलाई केन्द्रमा राखेर आउने बताएका छन् । उनले ठूलो भूगोल र कम जनसंख्या भएको कर्णाली र सुदूरपश्चिममा संघीय बजेट न्यून आउने गरेको यसअघिको परम्परालाई तोड्दै आगामी आर्थिक वर्षको बजेट कर्णाली र सुदूरपश्चिमलाई केन्द्रमा राखेर ल्याइने बताएका छन् ।












