• Home
  • राजनीति
  • राष्ट्रपति भण्डारीको पाँच वर्षे कार्यकाल आजबाट सकिंदै
Image

राष्ट्रपति भण्डारीको पाँच वर्षे कार्यकाल आजबाट सकिंदै


काठमाडौं, फागुन २८ गते । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल आजबाट सकिंदैछ । उनी २९ फागुन २०७४ मा दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।भण्डारी ११ कात्तिक २०७२ सालमा पहिलोपटक राष्ट्रपतिमा चुनिइन् । पहिलो महिला राष्ट्रपति रहेकी भण्डारीको कार्यकाल विवादमुक्त भने हुन सकेन । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भइन् ।

भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ । नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसकेका छन् । उनको शपथ ग्रहण सोमबार हुँदैछ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *