• Home
  • राजनीति
  • राष्ट्रपति भण्डारीको पछिल्लो निर्णयले संविधानको गरिमामा आघात पुर्‍यो–नारायणकाजी श्रेष्ठ
Image

राष्ट्रपति भण्डारीको पछिल्लो निर्णयले संविधानको गरिमामा आघात पुर्‍यो–नारायणकाजी श्रेष्ठ

काठमाडौं, ५ असोज ।
नागरिकता विधेयक प्रमाणीकरण अस्वीकार गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको गरिमामा आघात पुर्‍याएको नेकपा (माओवादी केन्द्र) ले उल्लेख गरेको छ । प्रतिनिधिसभाले दोस्रो पटक प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपतिले अस्वीकार गर्नु संविधानको उल्लंघन भएको निष्कर्ष पार्टीको रहेको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताएका छन्।

उनले ‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको गरिमालाई पालना नभए को आरोप लगाएका छन् । उनले संविधानको गरिमा विपरित अघि बढ्ने यस ढंगको परिकल्पना आफुहरुले नगरेको जिकिर गरेका छन् । भदौ २० मा प्रतिनिधिसभाबाट दोस्रो पटक पारित भएर नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको थियो।दोस्रो पटक पुगेको विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यता भए पनि राष्ट्रपति भण्डारीले मंगलबार राति १२ बजेको समयसीमा भित्र पनि पारित नगरेकी हुन्।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ५ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *