• Home
  • राजनीति
  • राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी
Image

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं, बैशाख ६ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिएका छन् ।रुसको भ्रमणमा निस्कनु अघि शिक्षण अस्पताल महराजगञ्ज पुगेर अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति पौडेलको स्वास्थ्य स्थीतिका बारेमा जानकारी लिएका हुन ।

‘त्रिभुवन विश्वबिधालय शिक्षण अस्पतालमा उपचार गराईरहनुभएका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार बिहान भेट गरि स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिनुभयो साथै सम्माननीय राष्ट्रपतिज्यूलाई स्वास्थ्यलाभको कामना गर्नुभएको छ,’ अध्यक्ष तिमिल्सिनाको प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले भने, ‘सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अबस्था हेर्दाखेरी आत्तिहाल्नु पर्ने देखिएको छैन।’ तर, राष्ट्रपति पौडेललाई थप परिक्षण र उपचारका लागि भारत लैजानु पर्ने चिकित्सकले अध्यक्ष तिमल्सिनालाई जानकारी गराएको शर्माले बताए । छातिमा संक्रमण बढे पछि राष्ट्रपति पौडेल सोमवार साँझ शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका हुन ।

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni १ हप्ता अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *