• Home
  • Uncategorized
  • रामबाबु गुरुङकाे ‘फूलबारी’ मा बाबु र छोराबीचको सम्बन्धको कथा
Image

रामबाबु गुरुङकाे ‘फूलबारी’ मा बाबु र छोराबीचको सम्बन्धको कथा

काठमाडौं, २६ साउन

प्रायः कमेडी जनराका फिल्महरू निर्देशन गरिरहेका निर्देशक रामबाबु गुरुङले सोसल ड्रामा ‘फूलबारी’ निर्देशन गर्ने भएका छन् । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । 

यशोदा फिल्म्स्ले निर्माण गर्ने फिल्ममा विपिन कार्की, दयाहाङ राई, मिरुना मगर, अरुणा कार्की, सिर्जना सुब्बा, सोमनाथ खनाल, प्रियंका कार्कीलगायतको अभिनय रहने छ । 

बाबु र छोराबीचको सम्बन्धको कथा भन्ने सामाजिक कथावस्तुमा तयार हुने फिल्मको छायांकन भदौ पहिलो साताबाट सुरु हुनेछ । कमलकिशोर मालपानीको कथालाई उपेन्द्र सुब्बाले लेखेका हुन् । फिल्मका निर्माता मनिष ढकाल हुन् । कमलले आफूहरु राम्रो र स्तरीय फिल्म निर्माण गर्न यस क्षेत्रमा भित्रिएको बताए । ‘नेपाली फिल्मको राम्रो बजार छ । हामी स्तरीय फिल्म दर्शकसम्म पुर्याउन चाहन्छौँ । हामी कति लाग्छतर्फ ध्यान नदिएर दर्शकलाई एउटा स्तरीय फ्याम्ली ड्रामा दिन चाहन्छौँ,’ उनले भने । 

निर्देशक गुरुङले पनि आफू कथावस्तु प्रति विश्वस्त भएकै कारण फिल्म निर्देशन गर्न लागेको बताए । ‘पारिवारिक कथावस्तु हो । यसमा सहजै दर्शक कनेक्ट हुनुहुनेछ । र, भूमिकाअनुसारको पात्र मैले पाएको छु,’ उनले भने । फिल्ममा अभिनय गर्न पाउँदा विपिन निकै उत्साहित छन् । आफ्नो उमेरभन्दा बढी उमेरको देखिन तयार हुनुको कारण कथा नै भएको उनले बताए । 

‘फिल्मले डिमान्ड गरेको क्यारेक्टरअनुसार म फिल्म गर्न तयार भएको हुँ । म कस्तो छु भन्ने भन्दा पनि मेरो क्यारेक्टर फिल्ममा देखिनुपर्छ । त्यसैले जीवन्त बनाउने मेरो प्रयास रहने छ,’ उनले भने । दया फिल्ममा महत्वपूर्ण भूमिकामा छन् । यद्यपि उनको रोल छोटो नै छ । उनले आफ्नो भूमिकाको बारेमा खुलाएनन् । यस अगाडि निर्देशक गुरुङले ‘पुरानो डुंगा’ सोसल ड्रामा जनरामा तयार गरेका थिए । 

यसपटक अघिल्लो फिल्महरूको अनुभवले प्रोजेक्टलाई राम्रो बनाउन मद्दत गर्ने निर्देशक गुरुङ बताउछन् । फिल्मलाई अमेरिकी प्राविधिक जोस हेरमले छायांकन गर्नेछन् । चलचित्रमा कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत हुनेछ ।

Related Posts

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ दिन अगाडि

कांग्रेस केन्द्रीय सदस्य जितेर पनि विनिताले पाइनन् प्रमाणपत्र

काठमाडौँ, २८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदमा निर्वाचित भए पनि विनिता खड्काले…

ByByanjana soni ४ दिन अगाडि

एक वर्षदेखि बेपत्ता लखिन्द्रको पर्खाइमा परिवार, भेट्टाउनुहुनेले खबर गरिदिन अपिल

रौतहट, २६ असोज । रौतहटको कटहरिया नगरपालिका–९, डुमरियाका लखिन्द्र कुमार यादव करिब एक वर्षदेखि बेपत्ता छन्। लामो समय…

ByByanjana soni ६ दिन अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *