Trending

रामचन्द्र पौडेल र प्रचण्डबीच भेटवार्ता, पूर्वसहमतिअनुसार आफुलाई प्रधानमन्त्री बनाउँन प्रचण्डको आग्रह

915Views
0 Shares


काठमाडौं, पुस ९ गते । आज बिहान नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । उक्त भेटमा गठबन्धनलाई अगाडि बढाउनेबारे कुरा भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् । राष्ट्रपतिले सरकार बनाउन दिएको समयसीमा सकिनैलाग्दा सत्ता गठबन्धनका नेताहरूले दौडधुप तीव्र पारेका छन् ।

प्रचण्डले चुनावपछि आफूलाई प्रधानमन्त्री बनाउने सहमति भएकाले सहमति लागू गर्नुपर्नेमा जोड दिए भने पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर कुरा टुङ्ग्याउन भनेका अधिकारीले बताएका छन् ।पौडेलले वर्तमान गठबन्धनलाई कायम राख्नुपर्नेमा जोड दिँदै आएका छन् । तर गठबन्धनलाई निरन्तरता दिनको लागि भए पनि आफूले पहिला प्रधानमन्त्री पाउनुपर्ने प्रचण्डको अडान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय