काठमाडौं, फागुन २३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बुधबार दिउँसो १ बजे बस्ने गरी केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाइएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा बिभिन्न विकल्पमा छलफल हुनेछ । राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ उम्मेदवार छन् ।












