Trending

रात्री बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

130Views
0 Shares

काठमाडौं । बर्दियाबाट काठमाडौँ आउँदै गरेको रात्री बस दाङमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । प्रदेश ३, ०१००५ ख ९७१९ नम्बरको बस दाङको लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना भएको थियो ।

दुर्घटनामा परी बर्दियाको गेरुवा गाउँपालिका–१ का ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा सवार ४७ जनामध्ये २ जना घाइते भएको र अन्यको अवस्था भने सामान्य रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

मृतक दुई जनाको शव लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । यसअघि दाङको राप्ती नदीमा पुस २७ गते राति नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको रात्रीबस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
29°
Fair
5:29 am7:00 pm +0545
Feels like: 31°C
Wind: 5km/h ENE
Humidity: 55%
Pressure: 1006.77mbar
UV index: 0
12 am1 am2 am3 am4 am
28°C
27°C
27°C
26°C
26°C
WedThuFriSatSun
41°C / 24°C
41°C / 25°C
43°C / 27°C
43°C / 28°C
42°C / 28°C

प्रिय न्युज


लोकप्रिय