Trending

राजनीतिक नैतिकता गुमेको व्यक्तिबाट कानूनको सम्मान हुँदैन –भीम रावल

1.4kViews
0 Shares

काठमाडौं पुस २४ गते । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि पूर्वउपप्रधान एवं गृहमन्त्री तथा नेकपा एमालेका नेता डा. भीम रावलले खनिएका छन् । आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले राजनीतिक नैतिकता गुमेको व्यक्तिबाट कानूनको सम्मान नहुने बताएका छन् ।नेता रावलले अदालतमा मुद्दा झेलिरहेको व्यक्ति नै गृहमन्त्री बन्नु सुशासनका लागि व्यङ्ग्य रहेको जिकिर गरेका छन् ।

शुक्रबार सर्वोच्च अदालतले गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । तत्काल अन्तरिम आदेश दिनुपर्ने कुनै कारण नरहेको भन्दै सांसद तथा मन्त्री पदसमेत यथावत् रहने सर्वोच्चको आदेशमा उल्लेख छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विदेशी नागरिकता लिएर मुग्लान पसेको र सँगै कानून विपरीत नेपालको नागरिकता पनि कायमै राखेको भन्ने विषयमा अदालतमा मुद्दा झेलिरहेको व्यक्ति नै गृहमन्त्री बन्ने, बनाउनेले सुशासनका कुरा गर्नु आफैमा व्यङ्ग्य हो । राजनीतिक नैतिकता गुमेको अवस्थामा कानूनको सम्मान हुने कुरा टाढाको विषय हुन्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय