• Home
  • खेलकुद
  • यू–२० महिला एसियन कप छनौट, नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैै
Image

यू–२० महिला एसियन कप छनौट, नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैै

काठमाडौं, २३ जेठ । एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपाल आज म्यान्मारसँग भिडदैछ । 

एसियन कप छनोट दोस्रो चरणको पहिलो खेलमा नेपाल म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल साँझ साँझ ५ः४५ बजेबाट सुरु हुनेछ ।

‘पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको छ, टिममा एकता छ, हामीमा कुनै पनि टिमलाई हराउन सक्ने क्षमता छ, हामी हरेक म्याच जित्नकै लागी खैल्छौँ,’ प्रशिक्षक यमप्रसाद गुरुङले भने, फिफा वरीयतामा हामी भन्दा माथी भएका टिमहरु छन् तर उच्च मनोबलका साथ मैदान उत्रनेछौँ ।’

प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको नेपालले आज म्यान्मारसँग दोस्रो चरणको पहिलो खेल खेल्न लागेको हो ।

छनोटको समूह ‘बी’ मा नेपालमा नेपाल र म्यानम्मारसँगै चीन र चाइनिज ताइपेई छन् । जससँग नेपालले आगामी जुन ८ मा चीनसँग तथा जुन १० मा चाइनिज ताइपेइसँग  प्रतिस्पर्धा गर्नेछ । 

जसबाट उत्कृष्ट टोलीले उज्वेकिस्तानमा मार्च ३ देखि १६ सम्म हुने यू–२० महिला एसियन कप खेल्नेछ । 

नेपाली टोली

गोलकिपरः कविता विक, लिला जोशी, सावित्री किसान

रक्षकः सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ

मिडफिल्डरः सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुष्मा जिटी, अञ्जली माचामासी, सारा बज्राचार्य

फरवार्डः अमिषा कार्की, ममता पुन, गरिमा राई, सदिपा भोलन

Related Posts

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni १ महिना अगाडि

एनपिएल: प्लेअफबाट बाहिरिएका जनकपुर र कर्णाली आज भिड्दै, प्रतिष्ठाको लडाईं

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणको अन्तिम खेल आज हुँदैछ। प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिसकेका…

ByByanjana soni १० महिना अगाडि

एनपीएल: लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच आज निर्णायक भिडन्त

काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज (शुक्रबार) लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच महत्त्वपूर्ण प्रतिस्पर्धा हुँदैछ।…

ByByanjana soni १० महिना अगाडि

एनपीएल : आज लुम्बिनी र विराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बुधबार) विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच महत्वपूर्ण खेल हुँदैछ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय…

ByByanjana soni १० महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *