• Home
  • खेलकुद
  • यू–१९ विश्वकपको उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै
Image

यू–१९ विश्वकपको उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदै छ । यो खेल नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ ।उपाधिका लागि भारत र अस्ट्रेलिया आमने सामने हुने छन् । सेमिफाइनलमा भारतले घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गर्दा अस्ट्रेलियाले पाकिस्तानलाई स्तब्ध बनाएको थियो ।

भारतले अहिलेसम्म ५ पटक अन्डर–१९ क्रिकेट विश्वकप जितेको छ । यस बाहेक भारतले ८ पटक अन्डर १९ क्रिकेट विश्वकपको फाइनल खेलेको छ । अर्थात् अहिलेसम्म भारतले ५ पटक अन्डर १९ क्रिकेट विश्वकपको फाइनल जितेको छ भने ३ पटक हार बेहोरेको छ । भारतीय टोली कीर्तिमानी छैटौं पटक च्याम्पियन बन्ने लक्ष्यका साथ अष्ट्रेलियाविरुद्ध मैदान उत्रनेछ ।

भारतीय टोलीले पहिलो पटक यू–१९ क्रिकेट विश्वकप २००० जितेको थियो । उक्त भारतीय टोलीका कप्तान मोहम्मद कैफ थिए । यसपछि भारतले सन् २००६ को अन्डर–१९ क्रिकेट विश्वकपको फाइनलमा पुग्यो तर उपाधि खेलमा पाकिस्तानसँग पराजित भएको थियो । विराट कोहलीको कप्तानीमा रहेको टोलीले २००८ को अन्डर–१९ क्रिकेट विश्वकप जितेको थियो । त्यसपछि सन् २०१२ मा भारतीय टोली तेस्रो पटक च्याम्पियन बनेको थियो । उक्त भारतीय टोलीका कप्तान उन्मुक्त चन्द थिए । इशान किशनको नेतृत्वमा रहेको टोली यू–१९ क्रिकेट विश्वकपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेन ।

त्यसपछि भारतीय टोली यू–१९ क्रिकेट विश्वकप २०१८ को फाइनलमा पुगेको थियो । त्यस पटक पृथ्वी शाको कप्तानीमा रहेको भारतले उपाधि जित्न सफल भयो ।भारतीय टोलीले पाँचौं पटक अन्डर–१९ क्रिकेट विश्वकप २०२२ को उपाधि जितेको थियो । त्यतिबेला यश धुलले नेतृत्व गरेका थिए । तर, फेरि एकपटक भारतीय टोली यू–१९ क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । यसपटक भारतीय टिमको कप्तानी उदय सहारनले गरेका छन् ।

यदि भारतीय टोली अष्ट्रेलियाविरुद्धको फाइनलमा जित निकाल्न सफल भयो भने यो कीर्तिमानी छैटौं उपाधि हुनेछ ।अस्ट्रेलियाले पहिलैं संस्करणको उपाधि सन् १९८८ मै जितेको थियो । त्यसपछि २००२ मा र २०१० मा उपाधि जितेको थियो । अस्ट्रेलिया चौथो उपाधिको खोजिमा छ ।यू १९ विश्वकपमा अहिलेसम्म भारत र अस्ट्रेलिया २ पटक उपाधि भिडन्त गर्दा दुवै पटक भारत हावी भएको छ । आइतबारको फाइनल तेस्रो भिडन्तको रुपमा रहेको छ ।

Related Posts

एनपिएल: प्लेअफबाट बाहिरिएका जनकपुर र कर्णाली आज भिड्दै, प्रतिष्ठाको लडाईं

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणको अन्तिम खेल आज हुँदैछ। प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिसकेका…

ByByanjana soni ८ महिना अगाडि

एनपीएल: लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच आज निर्णायक भिडन्त

काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज (शुक्रबार) लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच महत्त्वपूर्ण प्रतिस्पर्धा हुँदैछ।…

ByByanjana soni ८ महिना अगाडि

एनपीएल : आज लुम्बिनी र विराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बुधबार) विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच महत्वपूर्ण खेल हुँदैछ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय…

ByByanjana soni ९ महिना अगाडि

नेपोलीको जितले सिरिए ए मा रोमाञ्चक मोड: शीर्ष स्थानमा एसी मिलान र नेपोलीको बराबरी

डिफेन्डिङ च्याम्पियन नेपोलीले उपाधिको होडमा निर्णायक सावित हुन सक्ने खेलमा आइतबार एएस रोमालाई १-० ले पराजित गर्दै सिरिए…

ByByanjana soni ९ महिना अगाडि
1 Comments Text
  • Binance代码 says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *