• Home
  • खेलकुद
  • यु–१७ साफ, नेपाल उपविजेतामै सिमित
Image

यु–१७ साफ, नेपाल उपविजेतामै सिमित


काठमाडौं, भदौ ३० गते
नेपालविरुद्ध सहज जितसँगै भारतले यु १७ साफ च्याम्पियनसिपको उपाधि जितेको छ । बुधबार रोसकोर्स अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सम्पन्न खेलमा भारतले नेपाललाई ४–० ले पराजित गर्यो ।

कप्तान प्रशान्त लक्ष्मण रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको नेपालबिरुद्द भारतले सहज जित निकाल्यो ।
भारतको जितमा बबी सिंह, कोरोउ सिंह, थाग्लालसोनु गाग्टे र अमनले गोल गरे ।

खेलको १७औं मिनेटमा बबीको गोलबाट भारतले अग्रता बनाएको थियो । ३०औं मिनेटमा कोरोउ सिंहले भारतको अग्रतालाई दोब्बर पारे । यस्तै, ६२औं मिनेटमा गाग्टेले भारतका लागि तेस्रो गोल गरे । इन्जुरी समयमा अमनले गोल गर्दै भारतको सहज जित निश्चित गरे ।

खेलको ३८औं मिनेटमा भारतीय खेलाडीलाई धकेलेपछि नेपालका कप्तान लक्ष्मणले सोझै रातो कार्डको दर्शन गरेसँगै नेपाल १० खेलाडीमा समेटिएको थियो ।यसअघि समूह चरणको खेलमा नेपालले भुटानलाई २–१ ले र दोस्रो खेलमा भारतलाई ३–१ ले पराजित गरेको थियो । नेपालले सेमिफाइनलमा घरेलु टिम श्रीलंकालाई ६–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

विश्वकप अधिकार बेच्ने गोप्य योजना: फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी

काठमाडौं, ३० असोज। अध्यक्ष जियानी इन्फान्टिनोले ‘फिफा फरवार्ड इन्टरप्राइज’मार्फत विश्वकपका अधिकारहरू बेच्ने आफ्नो योजनाका लागि फिफा काउन्सिल समक्ष…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *