• Home
  • खेलकुद
  •   युईएफए च्याम्पियन्स लिगः बार्यन म्युनिख क्वाटरफाइनलमा प्रवेश
Image

  युईएफए च्याम्पियन्स लिगः बार्यन म्युनिख क्वाटरफाइनलमा प्रवेश

काठमाडौं ।  जर्मन क्लब बार्यन म्युनिख युईएफए च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा बार्यनले इटालियन क्लब लाजियोलाई राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा ३–० गोल अन्तरले पराजित गरेको हो । म्युनिख समग्रमा बार्यन ३–१ को नजिताका साथ क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।

पहिलो लेगमा लाजियोले अन्तिम समयमा पेनाल्टीमार्फत गोल गरेर बार्यनलाई पराजित गरेको थियो । दोस्रो लेगमा भने बार्यनले शानदार प्रदर्शनमार्फत सहज जित निकाल्यो ।  बार्यनको जितमा हेरि केनले दुई गोल गर्दा थोमस मुलरले एक गोल थपेका थिए ।

केनले ३८ औं मिनेटमा गोल गर्दै बार्यनलाई अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा मुलरले गोल गरेपछि बार्यनले अग्रता दोब्बर बनाएको थियो । यस्तै, ६६ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दा बार्यन ३–० को जित निकाल्न सफल भयो । पहिलो र दोस्रो लेगको नतिजाका आधारमा बार्यन म्युनि अन्ततः ३–१ को नतिजाका साज अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ दिन अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ४ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *