• Home
  • Uncategorized
  • यि दशवटा दलले संसदीय दलको नेता चयन गर्न पाउने
Image

यि दशवटा दलले संसदीय दलको नेता चयन गर्न पाउने


काठमाडौं, २ पुस । दशवटा दलले संसदीय दलको नेता चयन गर्न पाउने भएका छन् । त्यसमध्ये सात दलले सचेतकसहितको सुविधा पाउने भएका हुुन् । राजनीतिक दल सम्बन्धि ऐनको दफा २६ मा कम्तीमा दुई स्थानमा निर्वाचित भई प्रतिनिधित्व गर्ने दलले संघीय संसदीय वा प्रदेश संसदीय दल गठन गर्न सक्ने उल्लेख गरिएको छ ।

ऐन अनुसार दशवटा दलले संसदीय दल गठन गर्न सक्नेछन । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्टिय प्रजातन्त्र पार्टी, राष्टिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक पार्टीले संसदीय दलको नेता ३० दिनभित्र चयन गर्नुपर्नेछ ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा,लोसपाको यसअघि कै कार्यालय रहने जनाइएको छ । कांग्रेस र माओवादीले पुस ३ गते पछि संसदीय दलको नेता चयन गर्ने जनाएको छ ।अन्य सबै पार्टीमा दलको नेता छान्ने दौडधुप चलिरहेको छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *