• Home
  • समाचार
  • यस्ता छन् हरियो खुर्सानी खानुका अचुक फाईदाहरु
Image

यस्ता छन् हरियो खुर्सानी खानुका अचुक फाईदाहरु

काठमाडौं, चैत १ गते । हरियो खुर्सानी स्वास्थ्यसँगै सौन्दर्यका लागि पनि फाइदाजनक छ । दैनिक हरियो खुर्सानी खाएमा छालामा चमक आउनुका साथै रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्छ । प्रशस्त मात्रामा भिटामिन सी र ई पाइने भएकाले रगत सफा गर्नुका साथै अनुहारमा आउने पिम्पल्सबाट समेत राहत मिल्छ ।अझ पिरो अमिलो भनेपछि अधिकाशं महिलाहरु हुरुक्कै हुन्छन् ।

धेरैको मुखमा पानी नै आउने गर्छ । तर पिरो अत्याधिक खानेहरु होसीयार चाहिँ हुनुपर्छ । पिरो त्यसमा पनि मसलेदार खानेकुराले छाती र पेटमा समस्या गर्छ । यद्यपि हरियो खुर्सानी खाने हो भने पिरो स्वादसँग अन्य लाभसमेत उठाउन सकिन्छ । हरियो खुर्सानी खानुका फाईदाहरु यसप्रकार छन्

हरियो खुर्सानीले पेट र छातीमा असर गर्दैन । यसमा भिटामिन ए, बी सी, आइरन, पोटासियम, कार्बोहाइड्रेट र अन्य धेरै पोषक पदार्थ पाइन्छन् ।

हरियो खुर्सानी स्वास्थ्यसँगै सौन्दर्यका लागि पनि फाइदाजनक छ । दैनिक हरियो खुर्सानी खाएमा छालामा चमक आउनुका साथै रोगप्रतिधात्मक क्षमता अभिवृद्धि गर्छ । प्रशस्त मात्रामा भिटामिन सी र ई पाइने भएकाले रगत सफा गर्नुका साथै अनुहारमा आउने पिम्पल्सबाट समेत हटाउने गर्छ ।

हरियो खुर्सानीमा पाइने एन्टिअक्सिडेन्टका कारण ओक्साइडेसनलाई कम गर्छ । जसले कोषिकालाई स्वस्थ्य रहन मद्धत गर्छ ।

प्रत्येक व्यक्तिको रक्तसञ्चार फरक–फरक गतिमा हुन्छ । रगतले सम्पुर्ण शरिरमा पोषक तत्व, अक्सिजन, हार्मोन आदि पुर्याउने गर्छ । हरियो खुर्सानी खाँदा रक्तसञ्चारलाई तीव्र बनाउन मद्धत गर्छ ।

हरियो खुर्सानीमा पाइने पोटासियम, फ्लोभोनोइड्स, भिटामिन सीका कारण शरीरमा प्रतिरक्षा प्रणाली मजबुत बन्छ । तर,यसका लागि सिमित मात्रामा नियमित रुपमा खुर्सानी खानुपर्छ ।

हरियो खुर्सानीमा एन्टिब्याक्टेरियल गुण समावेश हुन्छन् । जसले संक्रमणबाट बचाउँछ । प्रायस् महिलामा आइरनको कमी हुने हुन्छ । हरियो खुर्सानीबाट यो परिपुर्ति हुन्छ ।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *