• Home
  • Uncategorized
  • यस्ता छन् स्वास्थ्यका लागि पुदिना खानुका फाईदाहरु
Image

यस्ता छन् स्वास्थ्यका लागि पुदिना खानुका फाईदाहरु

काठमाडौं । पुष ८ गते

पुदिना स्वास्थ्यका लागि निकै लाभदायक छ। यसलाई तरकारी ,अचार र बिभिन्न परिकार बनाएर खान सकिन्छ । यसको स्वाद निकै बासनादार हुन्छ । जति मिठो यसको स्वाद छ यो मानव स्वास्थ्यका लागि पनि निकै लाभदायक छ । यसको सेवनले मुख र सास स्वच्छ राख्न मद्दत गर्छ। यति मात्र होइन, यसको सेवनले विभिन्न स्वास्थ्य समस्याको सहज समाधान हुन सक्छ । पुदिना खानुका फाईदा बारे तल उल्लेख गरिएको छ । पुदिना खाए बान्ता रोक्न ठूलो सहयोग गर्छ। लामो यात्रामा निस्कँदा हुने वाकवाकी, केवल पुदिनाको पात, तेल तथा पुदिना मिसाइएका वस्तु सुँघ्नाले ठीक हुन्छ ।

यति मात्रै होइन, पुदिनाको तेल, निधार, नाकमा लगाउनाले टाउको दुखाइ ठीक हुन्छ। पुदिना भोक जगाउने वस्तु हो । तर, यसले पाचन प्रक्रियामा पनि सहयोग गर्छ । ग्यास्ट्रिकको समस्या भएकाहरूले पुदिनाको एक कप चिया खाँदा हल्का भएर आउँछ । यसमा भएको रसायनले हाम्रो मुखमा हुने ग्रन्थीबाट तथा पाचन क्रियामा प्रयोग हुने इन्जाइम निकाल्न मद्दत गर्छ। पुदिनाको बासनाले नाक, घाँटी, स्वास नली तथा फोक्सोको बाटोलाई खोल्ने गर्छ ।

यस्तै, पुदिनाको प्रयोगले श्वासप्रश्वासलाई सहज बनाउन मद्दत गर्छ । पुदिनाले श्वासप्रश्वास प्रक्रियाको बाटोलाई सफा गर्ने हुनाले यी मार्गको जलनबाट हुने खोकीलाई पनि निको गर्छ । त्यसैले दमका बिरामीलाई पुदिनाको सेवन गराउने चलन छ । महिलाको स्तनको निप्पल चर्कने, फुट्ने वा थुनेलो हुने समस्याको उपचारका लागि पनि यसको सेवन लाभकारी हुन्छ । नियमित रूपमा पुदिनाको रस प्रयोगले छाला सफा राख्न सहयोग गर्छ। यसले छालामा हुने संक्रमण घटाउनुका साथै छालालाई भित्रैबाट सफा गरी विमिरा, पिम्पल्स हटाउन सहयोग गर्ने गर्छ ।

यस्तै, छालाको एलर्जीको समस्या निराकरण गर्न पनि पुदिनाको सेवन राम्रो मानिन्छ। यदि तपाईं आफ्नो तौल कम गर्ने सोचमा हुनुहुन्छ भने आफ्नो खानामा पुदिना राख्ने गर्नुहोस् । किनकि पुदिनाले पाचन प्रक्रियाका इन्जाइमहरू चाँडो निकाली छिटो पाचन गराउन मद्दत गर्छ । यसले गर्दा खानामा भएका पौष्टिक तत्त्व तथा फ्याट संचित हुनुको सट्टा चाँडै नै शक्तिमा परिणत हुन्छ । यसले तपाईंको तौल ठीक राख्न मद्दत गर्छ ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ महिना अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal २ महिना अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ९ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको…

ByByanjana soni ९ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *