• Home
  • अर्थ
  • मेलम्ची खोलाको पानी काठमाडौं ल्याउँदा दिइने लेबी टुङ्ग्याउने तयारी   
Image

मेलम्ची खोलाको पानी काठमाडौं ल्याउँदा दिइने लेबी टुङ्ग्याउने तयारी   

१३ पुस, काठमाडौं । मेलम्ची नदीबाट खानेपानी ल्याएबापत त्यस क्षेत्रलाई तिरिने रकम (लेबी) टुङ्गाउन तयारी अघि बढाइएको छ । खानेपानी महसुल निर्धारण आयोग बन्न लागेको र लेबीको विषय पनि त्यसमै समेटिने खानेपानी मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले जानकारी दिए ।

उनका अनुसार खानेपानी महसुल निर्धारण ऐनमा आयोगको व्यवस्था रहेको र त्यसले नै लेबीको विषय टुङ्गो लगाउने छ । प्रवक्ता पौडेलले भने, ‘मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ । लेबी तत्काल आजको भोलि लागू गरिहाल्ने विषय नभएकाले पर्याप्त छलफल र तयारी गरेर मात्र कार्यान्वयन गराइनेछ ।’

राजस्वको विषयमा सरकारले स्थानीय तह, प्रदेश र संघलाई कति र कसरी उपलब्ध गराउने भनी राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगसँग पनि छलफल गर्नुपर्ने उनको भनाइ थियो । राजस्व निर्धारण गर्ने विषय ऐनमा प्रष्ट उल्लेख भएकाले सोही आयोगले लागू गर्ने प्रवक्ता पौडेलले बताए । उनका अनुसार अहिले दैनिक १७ करोड लिटर पानी ल्याइएको र त्यसबापतको रकम सम्बन्धित पक्षले पाउनेछ । भविष्यमा दैनिक ५१ करोड लिटर पानी आएपछि त्यसको पनि भुक्तानी दिइने छ । दातृ निकायबाट सञ्चालित आयोजनामा लाभको केही भाग स्थानीयस्तरमा दिनुपर्छ भन्ने मान्यता रहँदै आएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

खानेपानी आयोजना बन्दा स्थानीय क्षेत्रको पनि लाभ होस् र जलाधार क्षेत्रको पनि संरक्षणको मान्यता राखिएको र सोही आधारमा लेबी उपलब्ध गराइने उनले बताए ।

मेलम्ची खानेपानी आयोजनामा स्थानीयस्तरमा दिइने लेबीका लागि बनाइएको खाका स्वीकृतिको क्रममा रहेको उनले बताए । आयोजना सम्पन्न भएर पानी पूरै ५१ करोड लिटर आएपछि खुद नाफाबाट केही रकम दिइने प्रवक्ता पन्तले बताए । अझै आयोजना सम्पन्न भइनसकेर निर्माण काम भइरहेको छ ।

आयोजना सुरु भएपछि नै स्थानीय क्षेत्रका लागि विभिन्न काम भइरहेको जनाइएको छ । आयोजनाले सामाजिक विकास, भौतिक विकासलगायत क्षेत्रमा लगानी गरिरहेको छ । अहिले मेलम्ची नदीबाट मात्रै पानी ल्याइएकामा आयोजना सम्पन्न हुँदा लार्के र याङ्ग्री नदीबाटसमेत पानी काठमाडौं ल्याइने भएको छ । आयोजनास्थल हेलम्बु गाउँपालिकामा पर्छ भने मेलम्ची खानेपानी विकास समितिको कार्यालय मेलम्चीमा रहेको छ ।

वर्षायाममा बन्द गरिएको उक्त आयोजनाको खानेपानी वितरण गत २३ मंसिरदेखि पुनः सुरु भएको थियो ।अहिले आएको पानी झण्डै छ महिनासम्म वितरण गर्न सकिने आयोजनाले बताउँदै आएको छ ।

चैत २०७७ मा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौं उपत्यकामा वितरण गरिएको थियो । १ असार २०७८ मा मेलम्ची खोलामा आएको बाढीका कारण त्यो वर्ष लामो समय पानी वितरण हुनसकेको थिएन । मर्मत गरेर पहिलो पटक वितरण गरिएको झण्डै एक वर्षपछि गतवर्ष चैतमा दोस्रोपटक पानी वितरण गरिएको थियो । वर्षा सुरु भएसँगै सुरुङमा क्षति नपुगोस् भनी बन्द गरिएकोमा वर्षा सकिएपछि अहिले पुनः वितरण भइरहेको छ । तटीय क्षेत्रमा सुधारका काम नगरेसम्म वर्षमा पानी ल्याउन सकिने अवस्था नभएको समितिले बताउँदै आएको छ ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

२१.३२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, २८ असोज । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। पछिल्ला…

ByByanjana soni १ हप्ता अगाडि

आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं, २७ असोज । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। लगातार चौथो दिन…

ByByanjana soni १ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *