काठमाडौं, फगुन २५ गते । नेपाली कांग्रेससहित ८ दलबाट राष्ट्रपति उम्मेदवार बनेका रामचन्द्र पौडेल नयाँ बानेश्वरस्थित मतदानस्थल पुगेका छन्।पौडेल मतदान हुनुभन्दा १५ मिनेट अघि नै मतदान स्थल पुगेका थिए।पौडेलले मतदानका लागि लाइनमा बसेका सांसदहरू तथा प्रदेश सभा सदस्यहरूसँग मत मागिरहेका छन्।
निर्वाचनस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै पौडेलले आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बन्न सबैले सघाउने विश्वास व्यक्त गरेका छन् ।पौडेलले आफू राष्ट्रपति निर्वाचित भए उदाहरणीय बन्ने समेत बताएका छन् । पौडेलले आफू राष्ट्रपति भएपछि राजतन्त्रको राष्ट्राध्यक्षभन्दा गणतन्त्रको राष्ट्राध्यक्ष कसरी फरक हुन्छ देखाउने बताएका हुन् ।
मलाई अगाध विश्वास छ । राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यप्रति अगाध विश्वास छ । मेरो लामो संघर्ष, इतिहास, योगदानलाई मूल्यांकन गर्नुहुन्छ । म सबैको हुँ । राष्टिय सयहमतिको उम्देवार पनि हुँ । एमाले माओवादी, समाजवादी सबैको उम्मेदवार हुँ,’ पौडेलले भने।












