• Home
  • समाचार
  • मेथि खानुका अचुक फाईदाहरु, एक पटक अवस्य पढ्नुहोला
Image

मेथि खानुका अचुक फाईदाहरु, एक पटक अवस्य पढ्नुहोला

काठमाडौं, फागुन १० गते । मेथि हाम्रो भान्सामा सजिलै पाईन्छ । यस्लाई मसलाका साथै औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।यसको स्वाद हल्का तितो भए पनि शरिरका लागि भने निकै फाईदाजनक हुन्छ । हाम्रै वरिपरि पाइने विभिन्न सागसब्जी तथा फलफूलहरू हाम्रो स्वास्थ्यको लागि एकदमै फाइदाजनक हुने गर्दछन्, तर हामीले यो कुराको त्यति ख्याल गर्दैनौँ, मन लागे अनुसारको तरकारी खाने गर्छौँ। हुन त, यो कुनै नराम्रो कुरा होइन।

तर हाम्रो स्वास्थ्य स्थितिलाई विचार पुर्याएर त्यसैअनुरूपको खानेकुराहरू खानु आवश्यक हुन आउँछ।यसैगरी, हाम्रो वरिपरि पाइने स्वास्थ्यको लागि फाइदाजनक खानेकुराहरूमध्ये ‘मेथी’ पनि एक हो। यो विभिन्न प्रकारका रोगहरूको उपचार गर्न प्रयोग गरिने एक जडीबुटी हो। यसको पात र बिउलाई तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ।

मेथीको दानामा प्रशस्त मात्रामा प्रोटिन, भिटामिनसी, नायसिन, पोटासियम र डायोसजेनिन पाइन्छन् भने त्यसलगायत मेथीमा अल्कालोइड्स, लाइसिन जस्ता स्वास्थ्यवर्दक तत्वहरू पनि पाइन्छन्। यसको सेवनले पेटको समस्यालाई टाढा राख्नुको साथै छाला र कपाललाई पनि फाइदा गर्दछ।

हालै भएको एक अनुसन्धानबाट, मेथीको सेवनले रगतमा ग्लुकोज र कोलेस्ट्रोलको मात्रा घटाउने अनि १ र २ प्रकारको मधुमेहको लागि राम्रो उपचार हुने कुरा पत्ता लागेको छ। हृदयरोगको लागि पनि यसको फाइदाको बारेमा अनुसन्धान भैरहेको छ।

प्रजनन समस्याको उपचारको लागि यसलाई प्रयोग गरिएको इतिहास रहेको छ। साथै प्रशवास्थालाई सुधार्न, हर्मोनको समस्यालाई सुधार्न, स्तन ठूलो बनाउन र रजस्वलाको दुखाईलाई कम गर्न पनि यसको मूख्य भूमीका रहेको पाइएको छ।

मेथीको दानामा पाइने विभिन्न किसिमका पौष्टिक तत्वहरूले हाम्रो कामेच्छाको वृद्धि गराउँदछ भने महिलाहरूमा हुने रजस्वलाको समस्यालाई पनि कम गर्दछ। नेपाल, भारत र चीनमा यसलाई हाडजोर्नीको रोग, दम, ब्रोङ्काइटिस, पाचन प्रणालीको समस्या, पुरुषमा शीघ्र स्खलन, छालाको समस्या, घाउ, पासेको र पोलेको, घाँटीको समस्या जस्ता थुप्रै रोगहरूको उपचार गर्नको लागि प्रयोग गर्ने गर्छन्।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *