Trending

मुलुकमा अब केही गर्न बहुलाउनै पर्ने भोः विष्णु रिमाल

1.1kViews
0 Shares

काठमाडौ, ७ जेठ । आफूले यसअघि राखेको धारणाको बचाउ गर्दै नेकपा (एमाले) का नेता विष्णु रिमालले काम गर्न ‘बहुलाउनैपर्ने’ बताएका छन् । आज समाजिक सञ्जाल मार्फत उनले ७२ सालको संविधान बहुलाएरै बनाएको, केपी ओलीले बहुलाएरै नाकाबन्दीको सामना गर्नुपरेको भन्दै मुलुकमा अब केही गर्न बहुलाउनै पर्ने बताएका छन् ।

यसअघि रिमालको सार्वजनिक भिडियोमा केपी ओलीको स्टाटसमा पचासहजार लाइक आएमात्रै एमाले पहिलो पार्टी हुने बताएका थिए । उनले त्यसमा रवि लामिछाने, हर्क साम्पाङ, बालेन शाहको स्टाटसमा त्यसैगरी लाइक र कमेन्ट आउने बताएका थिए ।उनले साम्पाङलाई बहुला पाराले काम गरेको बताएका थिए । त्यसपछि सामाजिक सञ्जालमा नेता रिमालको चर्को आलोचना भइरहेको छ ।

आफूले यसअघि राखेको धारणाको बचाउ गर्दैएपछि रिमालले सामाजिक सञ्जालमा लेखेका छन्, “हो, अब हामी “बहुलाउनै” पर्छ,०७२ सालमा संबिधान निर्माण गर्न हामी “बहुलाएरै” लागेका थियौं । त्यसपछिको नाकाबन्दीको सामना गर्न तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली “बहुलाएरै” भिड्नु भएको थियो । जनताले साथ दिए, मुलुकले सफलता हासिल गर्‍यो ।

०७४ को चुनावपछि हामी “बहुलाएरै” काममा जोतिएका थियौं । आधा शताव्दीसम्म हाम्रो संप्रभुता बाहिर रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानी, हामीले “बहुलाएरै” नक्सामा सामेल गर्‍यौं । सिंगो मुलुक एक ठाउँमा उभियो ।

अहिले धरानका मेयर, धरानेलाई पानी खुवाउन “बहुलाएर” लागेका छन् । सबैलाई ‘श्रमदान गर भनिरहेका छन् । त्यसैले मैले पनि भनेको छु– “बहुला पाराले” काम गर्ने, धरानमा थाहा छैन, तर बाहिर पपुलर मेयर, म पनि काम गर्ने मामिला “बहुलाउने” मानिस हुँ । हो, मुलुकमा केही गर्न हामी अब “बहुलाउनै” पर्ने भो,फेरी पनि मेरो यो शब्द प्रयोगमा विभिन्न व्यक्तिहरुको असहमति देख्छु, सामाजिक सञ्जालमा आलोचना गरिरहेको देख्छु । म ति आलोचना स्वीकार्छु, धन्यवाद ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय