काठमाडौं,फागुन २१ गते । नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन संसदीय दललाई निर्देशन दिएको छ ।सुदूरपश्चिमका शाहलाई यथास्थितिमा विश्वासको मत दिन नसकिने निष्कर्षमा पुगेको माओवादी केन्द्रले अन्ततः सहयोग गर्ने भएको छ ।
विश्वासको मत दिन केन्द्रबाट निर्देशन आएको सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलका नेता खगराज भट्टले बताएका छन् । प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले भने शाहलाई विश्वासको मत दिन निर्देशन दिएका छन् । अब त्यसको औपचारिक निर्णय सुदूरपश्चिम संसदीय दलको बैठकले गर्ने छ ।












