मिटरब्याज पीडितः आज मार्चपाससहित धर्ना दिने
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, वैशाख २ गते । महोत्तरीसहितका जिल्लाबाट काठमाडौंमा न्यायका लागि संघर्ष गरिरहेका मिटरब्याजपीडितले शनिबार पनि मार्चपाससहित धर्ना दिने भएका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति नेपालको अगुवाइमा पीडितले शनिबार दिउँसो साढे १२ बजे शान्तिबाटिकामा मार्चपाससहित धर्ना दिन लागेको हो ।
सरकारले आफूहरुको माग सम्बोधन गर्न नचाहेको भन्दै वार्ता भंग गरेर संघर्षमा उत्रिएकाहरुले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, कीर्ते लिखत खारेज गर्नुपर्ने, हडपेको जमिन फिर्ता गराउनुपर्नेलगायतका माग राखेर काठमाडौं केन्द्रित संघर्ष गरिरहेका छन् ।
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि