Trending

माओवादी केन्द्र बलियो भए परिवर्तनको रक्षा हुन्छ –अध्यक्ष प्रचण्ड

930Views
0 Shares


काठमाडौं, २ कात्तिक । आगामी मंसिर ४ गते हुने आमनिर्वाचन सामान्य निर्वाचन नभएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको भनाई छ । उनले मंसिर ४ को चुनाव अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायत रक्षा गर्न खोज्ने र उपलब्धि तथा परिवर्तन उल्टाउन खोज्ने बीचको लडाइँ भएको बताएका छन् ।

प्रचण्डले मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन मात्रै हो भन्ने छुट नभएको भन्दै जनमत निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले प्रतिक्रियावादीहरुले माओवादी र त्यसको नेतृत्वमाथि निरन्तर प्रयास गरिरहेको उल्लेख गरेका छन् ।

अध्यक्ष प्रचण्डले प्रतिक्रान्तिको खतरा अझैपनि कायम रहेको जिकिर गर्दै आफुहरुकै सक्रियताका कारण गत वर्ष केपी ओलीको प्रतिगमनलाई परास्त गर्न सकिएको बताएका छन् । निर्वाचन क्षेत्रमा प्रतिक्रियावादीहरु सल्बलाएको उल्लेख गर्दै प्रचण्डले त्यहाँ चलाइएका भ्रमलाई चिर्न जरुरी रहेको पनि बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय