Trending

माओवादी केन्द्र प्रदेश १ अध्यक्षमा हर्क नेम्वाङ ‘मिक्सो’चयन

810Views
0 Shares

काठमाडौं । पुष ८ गते

बुधबार नेकपा (माओवादी केन्द्र) प्रदेश १ को नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा हर्क नेम्वाङ ‘मिक्सो’ अध्यक्षमा निर्वाचित हुनु भएको छ । मिक्सो १६९ मत प्राप्त गर्दै अध्यक्षमा विजयी हुनु भएको हो भने उहाँको निकटतम प्रतिद्वन्द्दी प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ प्राप्त गर्नु भएको थियो । अध्यक्षका लागि भएको निर्वाचनमा ७ मत बदर भएको थियो ।

त्यस्तै माओवादी केन्द्र प्रदेश १ को तीन उपाध्यक्षका लागि भएको निर्वाचनमा मणिकुमार साम्पाङ १११ मत प्राप्त गर्दै विजयी हुनु भएको छ भने देवान चाम्लिङ १२० र शिवकुमार डाँगीले पनि ११३ मत ल्याउदै उपाध्यक्षमा विजयी हुनु भएको छ ।

सचिवका लागि भएको निर्वाचनमा गणेश उप्रेती ले १४८ प्राप्त गर्दै विजयी हुनु भएको छ भने उहाँका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत प्राप्त गर्नु भएको थियो । ९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० मतदाता थिए । जसमा २९ जनाले उम्मेदावरी दिएका थिए । त्यस्तै १९ जना मतदानमा सहभागी भएका थिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय