• Home
  • समाचार
  • महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार
Image

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार

महोत्तरी, २४ असोज 

महोत्तरीको गौशाला नगरपालिका–१ मिलनचोकमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय चेत प्रसाद प्याकुरेल रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा जानकी मेडिकल अस्पताल रमदैया धनुषामा मृत्यु भएको हो । 

सामान्य घाइते भएका मोटरसाइकलमा पछाडी सवार सोही नगरपालिका–४ का २५ वर्षीय रोषण सिंहको शुभस्वतीक अस्पताल बर्दिबासमा उपचार भइरहेको छ । 

गौशालाबाट माईस्थानतर्फ जाँदै गरेको बा ८७ प ९६७ नम्बरको मोटरसाइकलले हिजो बेलुकी पौने ८ बजे पैदल हिडिरहेका प्याकुरेललाई ठक्कर दिएर पल्टिएको थियो । 

मोटरसाइकल चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीले जनाएको छ ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *