• Home
  • राजनीति
  • महिला हिंसाका घटनालाई जरैदेखि निर्मूल गरि अपराधीलाई कडा कारबाही गर्नुपर्छ –अध्यक्ष ओली
Image

महिला हिंसाका घटनालाई जरैदेखि निर्मूल गरि अपराधीलाई कडा कारबाही गर्नुपर्छ –अध्यक्ष ओली


काठमाडौं, फागुन २४ गते । महिलामाथि हुने दुव्र्यवहार र हिंसा जस्ता दुरुत्साहनलाई निरुत्साहन गर्न समाजका सबै पक्षले सहकार्य गरी रचनात्मक रुपमा जनचेतना जगाउनु आवश्यक रहेको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । आज एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले महिलामाथि दुव्र्यवहार, लैङ्गिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मूल गरी अपराधीलाई कडा कारबाही र पीडितलाई उचित क्षतिपूर्ति समेतको कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।

अज्ञानता र कुरीतिको आड लिएर हुने खराब अभ्यासका कारण बोक्सी, छाउपडी, दाइजो, बालविवाह र जातीय विभेदजस्ता उत्पीडनकारी अवशेष कायमै रहेको अध्यक्ष ओलीले उल्लेख गरेका छन् । “समाजको न्यून चेतनाका कारण समाजमा महिला हिंसा र उत्पीडनका अवशेषहरु कायम छन् । कानुनी प्रबन्ध र राज्यको प्रयासले मात्र यस्ता उत्पीडनहरुलाई निमिट्यान्न पार्न सकिँदैन । त्यसका लागि सामाजिक जागरुकता आवश्यकता पर्दछ”, उनले सन्देशमा भनेका छन् । ।

अध्यक्ष ओलीले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुसरणीय रहँदै आएको भन्दै ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको बताएका छन् । उनले देशको विकासका लागि जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीको समान सहभागिता अत्यन्त जरुरी रहेको सन्देशमा उल्लेख गरेका छन् ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ घण्टा अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ घण्टा अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *