Trending

महिला साफको नयाँ तालिका बुधबार आउने

765Views
0 Shares

काठमाडौं, २ भदौ 
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबल महासंघलाई प्रतिबन्ध लगाएसँगै महिला साफ च्याम्पियनसिप प्रतियोगिताको तालिका परिवर्तन हुने निश्चित छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले अर्को महिना नेपालमा हुने साफ महिला च्याम्पियनसिपको नयाँ तालिका अर्को बुधबार मात्रै सार्वजनिक गर्ने भएको छ । 

यदी फिफाको प्रतिबन्ध कायम रह्यो भने सेप्टेम्बर ५ देखि श्रीलंकामा हुने तय भएको साफ यु १७ परिवर्तन हुने साफले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

महिला साफ च्याम्पियनसिपको हकमा भने समूह र ढाँचा उस्तै रहने र ६ टिमलाई दुई समूहमा विभाजन गरिने साफको विज्ञप्तिमा उल्लेख छ ।

बुधबारको बैठकमा अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव र श्रीलंका फुटबल संघका अध्यक्षले प्रतियोगिताको तयारी राम्रो भएको र सरल ढंगले सम्पन्न हुनेमा विश्वास व्यक्त गरे ।

साफ महिला च्याम्पियनसिप असोज ११ गतेदेखि दशरथ रंगशालामा हुने तय भइसकेको छ ।

यस्तै, साफले आफ्नो बार्षिक क्यालेन्डर समेत सार्वजनिक गरेको छ । जसमा उमेर समूहको खेललाई प्राथमिकमा राखिएको छ ।

आगामी कार्यक्रम:
साफ यु२० महिला च्याम्पियनसिप -२०२३
साफ यु १७ महिला च्याम्पियनसिप-२०२३
साफ यु१९ च्याम्पियनसिप- २०२३
साफ यु १६ च्याम्पियनसिप -२०२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय