• Home
  • राजनीति
  • महारानीको अत्येष्टिमा सहभागी हुन् परराष्ट्र मन्त्री खड्का लन्डनमा
Image

महारानीको अत्येष्टिमा सहभागी हुन् परराष्ट्र मन्त्री खड्का लन्डनमा


काठमाडौं, २ असोज ।
परराष्ट्रमन्त्री डा.नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन् लण्डन आइपुगेका छन् । मन्त्री खड्का शनिबार साँझ लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिदा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले स्वागत गरेका थिए ।

लण्डनमा रहँदा मन्त्री खड्काले महारानीको अन्त्येष्टिमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै विषेश समारोहमा सहभागी हुनेछन् । खड्काले ल्यान्कास्टर हाउसमा आधिकारिक शोक पुस्तिकामा हस्ताक्षर गर्ने, बकिङ्घम दरबारमा प्यालेसमा राजा चाल्र्स तृतियको स्वागत समारोहमा भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै, मन्त्री खड्का बेलायतको विदेश मन्त्रालयको आयोजना गर्ने एक स्वागत समारोहमा समेत सहभागी हुनेछन् । मन्त्रीको स्वागतको लागि नेपाली जनम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, नेपाली दुतावास लण्डनकी उपनियोग प्रमुख रोशन खनाललगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए । मन्त्री खड्का आगामी बुधवार नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ५ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *