• Home
  • समाचार
  • ‘महापुरुष’ को नयाँ गीत बेमौसमीमा रोमान्टिक अरुण–अञ्जना र हरिवंश–गौरी
Image

‘महापुरुष’ को नयाँ गीत बेमौसमीमा रोमान्टिक अरुण–अञ्जना र हरिवंश–गौरी


काठमाडौं, ५ असोज ।
आउँदो ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरुष’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा हरिवंश आचार्य, गौरी मल्लसँगै डेब्यु कलाकार अरुण क्षेत्री र अञ्जना बराइली फिचर्ड छन् ।

गीतमा रामअविरल विष्टको शब्द तथा एसडी योगीको संगीत र स्वर रहेको छ । प्रेमिल भावना अभिव्यक्त गीतमा दुई पुस्ताको प्रेम देखाइएको छ । विवेक रसाइलीले निर्देशन गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

अभिनेता हरिवंश आचार्यले अहिले बजारले खोजिरहेको फिल्म ‘महापुरुष’ रहेको बताए । ‘अहिले बजारले व्यावसायिकता र कलात्मक दुवै भएको फिल्म हेर्न खोजिरहेका छन् । यो फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेछ,’ उनले भने । फिल्म पारिवारिक ड्रामा रहेको उनले बताए । सार्वजनिक गीतमा हरिवंशले गौरीसँग अनस्क्रिन रोमान्स गरेका छन् ।

उनीहरू प्रेमभाव गीतमा देख्न सकिन्छ । ‘गीत छायांकन गर्दा धेरै रमाइलो भयो । यो अव्यक्त हाम्रो उमेर समूहको व्यक्तिको कथा पनि भन्न सकिन्छ । केहीले यसलाई व्यक्त गर्नु हुन्छ भने केहीले भन्न सक्नु हुँदैन । यो कथाले हरेकलाई छुन्छ,’ आचार्यले भने ।

गीतमा बा र छोराको प्रेम सन्दर्भलाई प्रस्तुत गरिएको निर्देशक प्रदीप भट्टराईले बताए । ‘हामीले यसमा समाजको गम्भीर विषयवस्तुलाई सरल किसिमले प्रस्तुत गरेका छौँ । अघिल्लो फिल्मको तुलनामा यहाँसम्म आइपुग्दा झनै दायित्वबोध भएको छ,’ उनले भने ।

‘लोभीपापी’ पश्चात दोस्रोपटक हरिवंशसँग स्क्रिन सेयर गरेको गौरीले बताइन् । ‘यसमा हामीले गरेको मिहिनेत विस्तारै देखिएला । तर मैले नयाँ कुराहरू सिक्न पाएँ । गीतले थोरै हिन्ट गरेको छ,’ उनले भनिन् ।

अरुण क्षेत्रीले राम्रो टिमसँग जोडिएर डेब्यु गर्न पाएको बताए । ‘उहाँहरूको ऊर्जाले मलाई निकै हेल्प गरेको छ । गीतमा काम गर्दा निकै रमाइलो भयो । केही अगाडि मात्र छायांकन गरिएको गीत कथाअनुसार नै अगाडि बढ्छ,’ अरुणले भने ।

डेब्यु गर्ल अञ्जनाले पनि यस टिमसँग सहकार्य हुँदा निकै खुसी लागेको बताइन् । ‘यो टिमले मलाई यस उद्योगमा प्रवेश गर्दा धेरै सिकाएको छ । यो मेरो लागि फिल्म क्षेत्रमा आउनु अगाडिको स्कुल झैँ भएको छ,’ उनले भनिन् ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *