• Home
  • समाचार
  • महाकाली नदी र लास्कु खोलामा बाढी, डेढ दर्जन घरहरू र पुलमा क्षति
Image

महाकाली नदी र लास्कु खोलामा बाढी, डेढ दर्जन घरहरू र पुलमा क्षति


काठमाडौं, भदौ २५ गते
शुक्रवार रातिदेखि परेको निरन्तर वर्षाका कारण महाकाली नदी र लास्कु खोलामा बाढी आएको छ । दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा बाढी आउँदा ठूलो क्षति पुर्‍याएको छ ।बाढीले अहिलेसम्म करिब डेढ दर्जन घरहरू र पुलमा क्षति पगेको छ । जिल्ला प्रशासन कार्यालयले बाढीका कारण नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

मोटर पुल र झोलुंगे पुल बगेका छन् भने केही घर कटानमा परेर बगेका छन् । रोकेर राखेका सवारी साधन समेत बढेको बताइएको छ । बाढीको त्रासले मानिसहरू रातिदेखि नै घरबाहिर निस्किएका छन् ।बाढीमा ११ जना बेपत्ता रहेको जनाइएको छ भने लास्कु खोलाको बिचमा फसेका एक जना पुरुषको सुरक्षाकर्मीले उद्धार गरेका छन् । सुरक्षाकर्मीले उद्धार र खोजी कार्य जारी राखेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको जनाइएको छ ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *