Trending

 मस्कोमा आतंकवादी हमला, मृत्यु हुनेको संख्या १४३ पुग्यो

3.5kViews
9 Shares

काठमाडौं । रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा मृत्यु हुनेको संख्या १४३ पुगेको छ । आक्रमणको झण्डै २४ घण्टापछि राष्ट्रपति पुटिनले शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै आज २४ मा राष्ट्रिय शोकको घोषणा पनि गरे । पुटिनले आक्रमणकारीले युक्रेनतर्फ भाग्न खोजेको बताउँदै उनीहरु सबै पक्राउ परेको र कडा सजाय हुने घोषणा पनि गरे ।

रुसले हालसम्म ११ जनालाई पक्राउ गरेको छ । जसमध्ये ४ जना आक्रमणकारी र ७ जनाले सघाइरहेको बताइएको छ । रुस–युक्रेन सीमाबाट पक्राउ परेका ११ जनालाई नै मस्को लगिएको छ । रुसी मिडिया हाउस आरटीको रिपोर्टका अनुसार अनुसन्धान एजेन्सीहरूले आतंकवादी हमला पूर्ण योजना बनाएर भएको बताएको छ ।

उक्त घटनाको जिम्मेवारी आइएसआइएसले लिएको छ ।  सेनाको वर्दीमा लगाएका चार आतंककारीले अन्धाधुन्ध गोली चलाए, बम फालेर भागेका थिए । पूर्व रूसी राष्ट्रपति तथा राष्ट्रिय सुरक्षा परिषद्का उप–अध्यक्ष दिमित्री मेदवेदेवले रुसले रगतको बदला रगतको बदला लिने बताएका छन् ।

आतंककारीले आतंकको भाषा मात्र बुझ्छन् । जबसम्म बल प्रयोग गरी आतंकवादीहरूका परिवारसहित उनीहरूलाई कारबाही हुँदैन, अनुसन्धानको कुनै अर्थ छैन।न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार मार्च ७ मा रुसस्थित अमेरिकी दूतावासले ठूलो हमला हुने चेतावनी दिएको थियो । दूतावासले उग्रवादीहरूले मस्कोमा एक संगीत कन्सर्टमा आक्रमण गर्ने योजना बनाएको बताएको थियो । दूतावासले रसियामा रहेका अमेरिकी नागरिकलाई आगामी ४८ घण्टासम्म कुनै पनि ठूलो जमघटमा नजान आग्रह गरेको छ ।

यसै क्रममा पुटिनले अमेरिकी दूतावासमा भएको आक्रमणको चेतावनीको निन्दा गरेका थिए । हाल ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन किर्बीले अहिले थप जानकारी दिन नसक्ने बताएका छन् । मस्कोका मेयर सर्गेई सोब्यानिनले हलमा रुसी रक ब्यान्ड पिकनिकको कन्सर्ट चलिरहेको बेला आक्रमण भएको थियो ।

Florida state seminars jerseys
OSU Jerseys
custom football jerseys
micah parsons jersey
ohio state jersey
custom made football jerseys
custom made football jerseys
Iowa State Football Uniforms
College Football Jerseys
Iowa State Football Uniforms
Ohio State Team Jersey
College Football Jerseys
asu football jersey
ohio state jersey
asu football jersey

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय