• Home
  • राजनीति
  • मलको अनुदान घटाएर सरकारले गरिब किसानहरूलाई बेवास्ता गरेको छ–अध्यक्ष राउत
Image

मलको अनुदान घटाएर सरकारले गरिब किसानहरूलाई बेवास्ता गरेको छ–अध्यक्ष राउत

काठमाडौं,चैत २ गते । रासायनिक मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयको आज एक विज्ञप्ति जारी गर्दै जनमत पार्टीले विरोध गरेको छ। किसानलाई साविकमा दिइँदै आएको अनुदान बढाउन, पर्याप्त मलखाद खरिदका लागि बजेट बढाउन र समयमै मल खादको सुलभ उपलब्धता सुनिश्चित गर्न डा.राउतले माग गरेका छन्।

जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा.सीके राउतले सरकारले रासायनिक मलमा कृषकलाई दिँदै आएको अनुदान कटौती गरेर गरिब किसानको बेवास्ता गरेको जनाएका छन्। विज्ञप्ति जारी गर्दै डा.राउतले मलमा अनुदान नबढाए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्। सरकारले फागुन २४ गते रासायनिक मलमा दिइँदै आएको ७०।८२ प्रतिशत अनुदान कटौती गरी ५९.०४ प्रतिशत बनाएको थियो।

यसबाट किसानले प्रतिकिलो यूरियामा ११, डीएपीमा ७ र पोटासमा ९ रुपैयाँ थप मूल्यभार बेहोर्नुपर्ने र सरकारले जनताको हितमा काम गरेर उत्पादनमुखी काममा बजेट बढाउनु पर्नेमा उल्टै मलको अनुदान घटाउँदा गरिब किसानहरूको बेवास्ता भएको विज्ञप्तिमा भनिएको छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *