मन्त्रिपरिषद् विस्तार हुँदै, कुन दलबाट को हुँदै छन् मन्त्री ?
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, चैत १४ गते । मन्त्रिपरिषद् विस्तार गर्दा विश्वासको मत दिने सबै दललाई समेट्ने प्रयासमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ दलका बीचमा मन्त्रिपरिषद् विस्तारको विषयमा आज प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्दै छ । सोही बैठकमा दलहरूले पाउने मन्त्रालयको संख्या र मन्त्रालय’मा अन्तिम टुंगो लाग्नेछ ।
कुन दलबाट को हुँदै छन् मन्त्री ?
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मन्त्री बन्ने तीनजनाको नाम फाइनल गरेको छ । डोलप्रसाद अर्याल, सोविता गौतम, विराजभक्त श्रेष्ठ, मनीष झा र तोसिमा कार्कीमध्ये तीन जना मन्त्री हुनेछन् । यद्यपि, रास्वपा पहिला पाएको मन्त्रालय पाए मात्रै सरकारमा जाने अडानमा छ । गृह मन्त्रालय पाएको रास्वपाले यसपालि गृह मन्त्रालय नपाउने निश्चित छ । गृह माओवादीले आफैंसग राख्नेछ ।
एकीकृत समाजवादीले पार्टीका तर्फबाट नेतृत्व गरेर उपाध्यक्ष एवं संस्थापक महासचिव डा.बेदुराम भुसाललाई पठाउँदै छ । भुसाल हालसम्म मन्त्री भएका छैनन् । उनलाई सरकारमा पठाउने निश्चित गरेरै महासचिवबाट बढुवा गरेर उपाध्यक्ष बनाएर महासचिवको जिम्मेवारी घनश्याम भुसाललाई पार्टीले गत साता दिएको हो । यस्तै, एकीकृत समाजवादीले उपमहासचिव प्रकाश ज्वालालाई समेत मन्त्री बनाउने भएको छ । भुसाल, ज्वाला र भानुभक्त जोशी एकीकृत समाजवादीबाट मन्त्री बन्नेछन् । जोशी राज्यमन्त्री बन्ने सम्भावना छ ।
लोसपाबाट शरदसिंह भण्डारी, जसपाबाट अशोक राई, राजकिशोर यादव, प्रदीप यादवको मन्त्री हुने चर्चा छ । यस्तै, आम जनता पार्टी अध्यक्ष प्रभु साह र स्वतन्त्र सांसद डा.मरेशकुमार सिंहसमेत मन्त्री हुने चर्चा छ ।
कांग्रेसले बिहीबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सोही बैठकबाट मन्त्री हुने नेताको नामावली टुंगो लाग्ने बताइएको छ ।
माओवादी केन्द्रले दुई मन्त्रीलाई हेरफेर गर्ने भएको छ । भौतिक पूर्वाधार निर्माण तथा यातायात व्यवस्थामन्त्री नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिने र सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई ऊर्जा र सहरी विकास मन्त्रालयमध्ये एउटा दिने तयारी भएको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि