मधेस प्रदेशमा गैरसंवैधानिक कदमको विरोधमा जनमत पार्टीद्वारा वीरगंजमा प्रदर्शन
By Birgunj
५ महिना अगाडि
Comments: 0
वीरगंज — मधेस प्रदेशमा प्रदेश प्रमुखको असंवैधानिक कदम र गैरसंवैधानिक रूपमा नियुक्त मुख्यमन्त्रीको विरोधमा जनमत पार्टी पर्साले आइतबार वीरगंज घण्टाघरमा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा प्रहरीसँग धक्का–मुक्का (घम्साघम्सी) समेत भएको थियो।
जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको नेतृत्वमा भएको प्रदर्शनमा केन्द्रीय सदस्य श्याम गुप्ता, सीमा गुप्ता, मालती कुशवाहा, प्रदेश सदस्य राजनारायण मिश्र, क्षेत्रीय संयोजक डा. मनोज सरार्फ, भूपेन्द्र साह, अमरनाथ राठौर, रुक्साना खातुन, मनोज साह, धिरेन्द्र पन्जियार, सिकेन्द्र राम, संजय सिंह, रोशन पाण्डे लगायत सयौँ नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष सरार्फले संघीयता माथिको प्रहार कुनै पनि हालतमा सह्य नहुने चेतावनी दिँदै गैरसंवैधानिक कदम सच्याइएन भने तीव्र आन्दोलन सुरु गर्ने चेतावनी दिए।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि