Image

मधेश प्रदेश सभाका सदस्यले लिए पद तथा गोपनीयताको शपथ

१५ पुस, काठमाडौं

मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेशसभाका १०४ सांसदले पद तथा गोपनियताको सपथ लिएका हुन् । उनीहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य ७१ वर्षीय गोविन्दबहादुर न्यौपानेले सपथ ग्रहण गराएका हुन् ।

मधेश प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १०७ प्रदेश सांसद छन् । माओवादी केन्द्रका रजिहैदर र माला कर्णले सपथ लिन पाएनन् ।

क्लस्टर विवादको कारण सर्वोच्च अदालतले दुबैजनालाई तत्काल शपथ नगराउन आदेश दिएकोले नगराइएको प्रदेश सभा सचिव रञ्जित यादवले बताए ।

दुबैजना समानुपातिक सांसद हुन् । १० वटा दल र ५ स्वतन्त्र सांसदको प्रतिनिधित्व प्रदेशसभामा छ ।

प्रदेशसभामा २३ सांसदसहित नेकपा एमाले पहिलो, २२ सांसदसहित नेपाली कांग्रेस दोश्रो र १६ सांसदसहित जनता समाजवादी पार्टी ९जसपा० तेश्रो र १३ सांसदसहित जनमत पार्टी चौथो दल छन् ।लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० र माओवादी केन्द्रका ९–९, एकीकृत समाजवादीको ७ सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद छन् । यस्तै पाँचजना स्वतन्त्र सांसद छन् ।

Related Posts

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि

काठमाडौं, २८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा…

ByByanjana soni २ हप्ता अगाडि

सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट राजीनामा

धनगढी, २८ असोज । पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश सांसद थापाले…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *