• Home
  • समाचार
  • मधुमेह देखि बिभिन्न रोगका लागि लाभदायक अम्बाको पात
Image

मधुमेह देखि बिभिन्न रोगका लागि लाभदायक अम्बाको पात


काठमाडौं, फगुन २१ गते । अम्बाको पातदेखि डाठसम्म औषधीय गुणले भरपुर हुन्छ । अम्बा पनि एक यस्तो बोट हो जसको फलसँगै पात पनि स्वास्थ्यका हिसाबले लाभकारी मानिन्छ । अम्बाको पातमा एक यस्तो औषधीय गुण हुन्छ जसलाई खान चिकित्सकहरुले पनि सल्लाह दिने गर्छन । अम्बाको पात सबैभन्दा धेरै डेंगु प्रभावितहरुका लागि फाइदाजनक हुन्छ। यसका अलावा अम्बाको पातको जुस पिउनुका पनि धेरै फाइदा छन ।

अम्बाको पातको जुस पिउनाले प्लेटलेट्सको मात्रा बढ्छ। यसका साथै अम्बाको पातको जुसमा मेगाकैरोपियोसिस बढाउने औषधीय गुण पनि पाइन्छम जसको कारणले प्लेटलेटको मात्रामा बृहत्तर बिकासमा सहयोग पुर्याउछ। त्यसकारण डाक्टरले डेंगु संक्रमितहरुलासी अम्बाको जुस पिउने सल्लाह दिने गर्छन ।

अम्बाको पातको जुसले शरीरका मांशपेशीहरुलाई नरम बनाउन पनि मदत गर्छ। यसको जुसमा क्युसर्टिन नामक पौष्टिक तत्व र एंटीडायबेटिक गुब पाइन्छ। यसकारण अम्बाको पातको जुस पिउनु मधुमेह पिडितहरुका लागि पनि फाइदाजनक छ।

अम्बाको पातको रस निकालेर नियमित सेवन गर्नाले शरीरको तौल कम गर्न सकिन्छ । साथै कपाल र छाला स्वस्थ बनाउन पनि यसको प्रयोग उपयोगी हुन्छ ।

४० ग्राम अम्बाको पात र दुई चम्चा चामलको पिठोमा पानी हालेर उमालेर पिएमा पखाला कम गराउँछ ।अम्बाको पात सेवनले पाचन प्रणालीलाई सक्रिय बनाउन सहयोग गर्छ ।ब्लडप्रेसर, ग्यास्टिक र सुगर लाइ निकै फाइदाजनक हुन्छ

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *