• Home
  • समाचार
  • मंकीपक्सको नाम बदलेर एमपक्स राख्ने तयारी गरिएको डब्लूएचओको घोषणा 
Image

मंकीपक्सको नाम बदलेर एमपक्स राख्ने तयारी गरिएको डब्लूएचओको घोषणा 


न्युयोर्क, १३ मंसिर । मंकीपक्सको नाम बदलेर एमपक्स राख्ने तयारी गरिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सोमबार घोषणा गरेको छ । विद्यमान नामबाट उत्पन्न हुने कलंकबाट बच्नको लागि डब्लूएचओले नाम परिवर्तन  गर्न लागेको हो । सन् १९५८ मा डेनमार्कमा अनुसन्धानका लागि राखिएका बाँदरहरूमा यो भाइरस मूल रूपमा पहिचान भएको हुनाले मन्कीपक्स नाम दिइएको थियो । तर, यो रोग धेरै जनावर र प्रायः मुसाहरूमा पाइन्छ ।

लामो समयदेखि महामारी भएको अफ्रिकी देशबाहिर समलिंगी पुरुषमा मेको शुरुदेखि नै मंकीपक्सको संक्रमणमा वृद्धि भएको रिपोर्ट गरिएको छ।

‘ यो वर्षको सुरुमा मंकीपक्सको प्रकोप फैलिएपछि  अनलाइनमा, अन्य सेटिङहरूमा र केही समुदायहरूमा जातीय र कलंकित भाषा देखियो र डब्लूएचओलाई रिपोर्ट गरियो’ संयुक्त राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीले एक विज्ञप्तिमा भन्यो । यो रोग पहिलो पटक सन् १९७० मा प्रजातान्त्रिक गणतन्त्र कंगोमा मानिसमा फेला परेको थियो ।
 

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *