भोली हुने राष्ट्रिय सभा सदस्यको मतदानका लागि सातवटै प्रदेशमा आवश्यक सबै तयारी पूरा–निर्वाचन आयोग
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । माघ ११ गते
निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको मतदानका लागि सातवटै प्रदेशमा आवश्यक सबै तयारी पूरा भएको जनाएको छ। राष्ट्रिय सभामा रिक्त १९ स्थानका लागि बुधबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदै छ। मतदानका लागि जिल्ला–जिल्लाबाट मतदाताहरू सम्बन्धित मतदान केन्द्रमा आउने क्रमसमेत सुरु भएको छ।आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ।
प्रत्येक मतदान केन्द्रमा निर्वाचन अधिकृतसहित अधिकतम १० जना कर्मचारी परिचालन गरिएको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले बताए। आयोगले माघ ७ गते नै सबै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसकेको सहायक प्रवक्ता धमलाले जानकारी दिए।
सातवटा प्रदेशमा कुल दुई हजार २५ जना मतदाता छन् । यस निर्वाचनमा ५३२ प्रदेश सभा सदस्य र एक हजार ४९३ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्। आयोगका अनुसार प्रदेशमा कायम रहेका मतदाता संख्याको १० प्रतिशत बढी मतपत्र पठाइएको छ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि