• Home
  • राजनीति
  • भोट माग्दा गरेका वाचाहरूको हेक्का छ –गृहमन्त्री लामिछाने
Image

भोट माग्दा गरेका वाचाहरूको हेक्का छ –गृहमन्त्री लामिछाने


काठमाडौं, माघ ७ गते । विभिन्न अपराधका दोषी एवं अभियुक्तलाई कारबाही तथा पक्राउ गर्न आफू कटिबद्ध रहेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बताएका छन्। आज सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन ।

हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई लिखित निर्देशन दिएको भोलिपल्ट गृहमन्त्री लामिछानेले पुराना ‘फरार’ समातिने मात्र होइन, नयाँ अभियुक्त फरार हुन नसकुन् भन्नेमा आफू सजग रहेको प्रतिक्रिया दिएका हुन्। हिजो आफूले बोलेका हरेक शब्द तथा वाचाको हेक्का रहेको उल्लेख गर्दै आफू जनताको जीवन बदल्ने प्रयत्नमा रहेको दाबी पनि गरेका छन्।

गृहमन्त्री लामिछनेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुराना ‘फरार’हरू समातिन्छन् मात्र होइन, धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।’‘हिजो बोलेका शब्द शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरूको हेक्का छ’, उनले भनेका छन्, ‘मिडियाको हेडलाइन म बदल्न सक्दिनँ तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु। धुलो धेरै छ, पुरानो छ, थोरै पर्खिनुचाहिँ पर्छ।’

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *