• Home
  • ताजा समाचार
  • भोटेकोशीमा ‘स्वतन्त्र युवा टिम’ गठन, युवाहरूलाई जागरूक बनाउन अभियान सुरू: युवा लिडर दिनेश न्यौपाने
Image

भोटेकोशीमा ‘स्वतन्त्र युवा टिम’ गठन, युवाहरूलाई जागरूक बनाउन अभियान सुरू: युवा लिडर दिनेश न्यौपाने

भोटेकोशी, सिन्धुपाल्चोक – भोटेकोशी गाउँपालिकामा युवाहरूको सशक्त सहभागिता सुनिश्चित गर्दै सामाजिक र राजनीतिक परिवर्तनको मार्ग खुला गर्न ‘स्वतन्त्र युवा टिम’ नामक अभियान सुरू गरिएको छ।

यस अभियानलाई युवा लिडर दिनेश न्यौपाने को नेतृत्वमा २०७८ साल फागुन २४ गते (२०८१ साल ११ महिना २४ गते) औपचारिक रूपमा सुरू गरिएको हो। अभियानको मुख्य उद्देश्य भोटेकोशीको भ्रष्टाचारविरुद्ध लड्ने, युवालाई संगठित गर्ने, समाजमा सकारात्मक परिवर्तन ल्याउने, र राजनीतिक विकृति तथा विसंगतिहरू हटाउने रहेको छ।

भ्रष्टाचारविरुद्ध संघर्ष र समृद्धिको संकल्प

युवा लिडर दिनेश अनुसार भोटेकोशीमा राजनीतिक आचरण दिनानुदिन बिग्रँदै गइरहेको छ। प्रत्येक चुनाव पैसामा निर्भर हुँदै गएका कारण योग्य र इमानदार व्यक्तिहरू अवसरबाट वञ्चित भइरहेका छन्। चुनावमा ठूलो मात्रामा खर्च हुने, त्यसपछि जनताको करबाट कमाउने प्रवृत्तिले समाजलाई प्रताडित बनाएको छ।

उनी भन्छन्, “अब युवाहरूले आफैं परिवर्तनको नेतृत्व गर्नुपर्छ। स्वच्छ राजनीति र पारदर्शी शासनको पक्षमा उभिनुपर्छ।”

स्थानीय विकास र रोजगारीको प्राथमिकता

भोटेकोशीमा व्यापार, कृषि, तथा उद्योगहरूमा निरन्तर घाटा भइरहेको छ। युवा कार्यशक्तिको ठूलो संख्याले वैदेशिक रोजगारको बाटो रोज्नु परेको छ। युवा लिडर दिनेश न्न्यौपानेका अनुसार, “भोटेकोशी हाइड्रोपावरको केन्द्र बनेको भए पनि स्थानीयहरू त्यसबाट लाभान्वित हुन सकेका छैनन्। सीमावर्ती क्षेत्र भए पनि व्यापारिक गतिविधि सुस्त छ।”

स्वतन्त्र युवा टिमले भोटेकोशीमा रोजगारी सिर्जना गर्ने, भौतिक पूर्वाधार विकास गर्ने र स्थानीय उत्पादनलाई प्राथमिकता दिने योजना अघि सारेको छ।

युवाहरूलाई एकजुट हुन अपिल

भोटेकोशीको राजनीतिक विकृतिलाई अन्त्य गर्दै सशक्त युवाहरूको नेतृत्वमा समृद्ध भोटेकोशी बनाउने लक्ष्यसहित स्वतन्त्र युवा टिमले गाउँभर अभियान चलाउने घोषणा गरेको छ।

न्यौपानेले सबै युवाहरूलाई टिममा आवद्ध हुन आग्रह गर्दै भने, “अब युवाहरू एकजुट भएर न्याय, समानता र समृद्धिको बाटो तयार गर्नुपर्छ। हाम्रो अभियान कुनै दलविशेषको पक्षधर नभई स्वच्छ, पारदर्शी, र जनहितमा केन्द्रित छ।”

भोटेकोशीको युवाहरूको उज्ज्वल भविष्यका लागि यो अभियान निर्णायक हुने विश्वास गरिएको छ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni २ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *