• Home
  • समाचार
  • भूकम्पबाट पीडीतहरूलाई तत्काल उद्धार र राहत उपलब्ध गराउन मुख्यमन्त्री रावलको निर्देशन
Image

भूकम्पबाट पीडीतहरूलाई तत्काल उद्धार र राहत उपलब्ध गराउन मुख्यमन्त्री रावलको निर्देशन


काठमाडौं माघ ११ गते । बाजुरा केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पबाट पीडीतहरूलाई तत्काल उद्धार गर्न र राहत उपलब्ध गराउन सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले निर्देशन दिएका छन् ।५.९ रेक्टर स्केलको भूकम्प जाँदा बाजुरामा दुई दर्जन भन्दा बढी घरहरूमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार अहिलेसम्म एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

मुख्यमन्त्री रावलले प्रदेश मुख्यसचिव, समाजिक विकास मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीहरूलाई सम्पर्क गर्दै उद्धार र राहतका लागि निर्देशन दिएका हुन् ।मुख्यमन्त्री रावलले तत्काल क्षतिको विवरण संकलन गर्न पनि निर्देशन दिएका छन् । क्षतिको विवरण आउनेबित्तिकै थप राहतका कार्यक्रम घोषणा गरिने उनको सचिवालयले जनाएको छ ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *