• Home
  • ताजा समाचार
  • भारतीय क्रिकेटर ऋषभ पन्त सडक दुर्घटनामा गम्भीर घाइते
Image

भारतीय क्रिकेटर ऋषभ पन्त सडक दुर्घटनामा गम्भीर घाइते

काठमाडौं, १५ पुस । भारतीय क्रिकेटर ऋषभ पन्त सडक दुर्घटनामा परी गम्भीर घाइते भएका छन् ।

उनी आज बिहान दिल्लीबाट रुड्कीस्थित आफ्नो घर जाँदै गर्दा कार अनियन्त्रित हुँदा डिभाइडरमा ठोक्किएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

डिभाइडर ठोक्किएपछि कारमा आगलागी हुँदा कार पूर्णरुपमा जलेर नष्ट भएको छ ।

पन्त गाडीको विन्डशिल्ड तोडेर बाहिर निस्कन सकेका थिए । पन्तलाई रुड्कीको स्थानीय अस्पतालमा भर्ना गरिएको थियो तर अहिले उनलाई म्याक्स देहरादुन रिफर गरिएको बताइएको छ ।

उनलाई थप उपचारको लागि एयर एम्बुलेन्सबाट दिल्ली लैजाने तयारी गरिएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सडक दुर्घटनामा परी घाइते भएका पन्तको स्वास्थ्य अवस्थाबारे उच्च अधिकारीसँग जानकारी लिएका छन् ।

मुख्यमन्त्री धामीले पन्तको स्वास्थ्यलाभको कामना गर्दै उनको उपचारको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने बताएका छन् ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni २ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *