• Home
  • अर्थ
  • भारतबाट मूल्य बढेर आए पनि आयल निगमलाई मासिक २ अर्ब रुपैयाँ नाफा
Image

भारतबाट मूल्य बढेर आए पनि आयल निगमलाई मासिक २ अर्ब रुपैयाँ नाफा

काठमाण्डाै पुस १८

इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाए पनि नेपाल आयल निगमलाई मासिक झन्डै दुई अर्ब रुपैयाँ नाफा हुने देखिएको छ ।

भारतले बढाएर पठाएको मूल्यमा पनि आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १४ र डिजलमा सात रुपैयाँ नाफा रहेको छ । निगमले अहिले पनि १५ दिनमा ९९ करोड रुपैयाँ नाफा गर्दै आएको र यही अवस्थामा एक महिनामा एक अर्ब ९८ करोड रुपैयाँ नाफा हुने एक अधिकारीले बताएका छन् ।

अहिले पेट्रोल, डिजलमा मनग्य नाफा भए पनि खाना पकाउने एलपी ग्यासमा एक सिलिन्डरमै सात सय रुपैयाँ घाटा भएकाले नाफा बढ्न नसकेको निगमको दाबी छ । निगमले अहिले पनि भारतीय आयल कर्पोरेशन आईओसीलाई ११ अर्ब रुपैयाँ बक्यौता र नेपाल सरकारलाई सात अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको बताएको छ ।

स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थप–घटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७८ तथा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ रहेको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार आठ सय रुपैयाँ रहेको छ ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

२१.३२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, २८ असोज । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। पछिल्ला…

ByByanjana soni २ हप्ता अगाडि

आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं, २७ असोज । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। लगातार चौथो दिन…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *