• Home
  • अर्थ
  • भारतबाट मूल्य बढेर आए पनि आयल निगमलाई मासिक २ अर्ब रुपैयाँ नाफा
Image

भारतबाट मूल्य बढेर आए पनि आयल निगमलाई मासिक २ अर्ब रुपैयाँ नाफा

काठमाण्डाै पुस १८

इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाए पनि नेपाल आयल निगमलाई मासिक झन्डै दुई अर्ब रुपैयाँ नाफा हुने देखिएको छ ।

भारतले बढाएर पठाएको मूल्यमा पनि आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १४ र डिजलमा सात रुपैयाँ नाफा रहेको छ । निगमले अहिले पनि १५ दिनमा ९९ करोड रुपैयाँ नाफा गर्दै आएको र यही अवस्थामा एक महिनामा एक अर्ब ९८ करोड रुपैयाँ नाफा हुने एक अधिकारीले बताएका छन् ।

अहिले पेट्रोल, डिजलमा मनग्य नाफा भए पनि खाना पकाउने एलपी ग्यासमा एक सिलिन्डरमै सात सय रुपैयाँ घाटा भएकाले नाफा बढ्न नसकेको निगमको दाबी छ । निगमले अहिले पनि भारतीय आयल कर्पोरेशन आईओसीलाई ११ अर्ब रुपैयाँ बक्यौता र नेपाल सरकारलाई सात अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको बताएको छ ।

स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थप–घटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७८ तथा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ रहेको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार आठ सय रुपैयाँ रहेको छ ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *