• Home
  • अर्थ
  • भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म पर्यटकको घुइँचो
Image

भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म पर्यटकको घुइँचो

काठमाडौं, वैशाख ३ गते । नयाँ वर्षको आगमनसँगै खुसी मनाउन र सूर्योदय हेर्न विगत चारदिनदेखि भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्मका होटल विदेशी तथा स्वदेशी पर्यटकले भरिएका छन् । कोरोना भाइरसका कारण सुनसान बनेको भक्तपुरका पर्यटकीय क्षेत्रमा विदेशीभन्दा बढी स्वदेशी पर्यटकको आगमनले पर्यटकीयस्थल खचाखच भएपछि व्यवसायी उत्साहित छन् ।

नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र ८ सिपाडोलको सङ्गमस्थल ऐतिहासिक रानीकोटमा अधिकांश होटल आन्तरिक पर्यटकले नै भरिएको पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले बताए ।

चैत मसान्तदेखि वैशाख ३ गतेसम्म होटल बुकिङ भइसकेको र यहाँका सबै होटल आन्तरिक पर्यटकले भरिएको उनले बताए । नयाँ वर्षका लागि दुई साता अगाडिदेखि नै यहाँका होटल बुक भएका थिए ।

समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यका र भक्तपुर नगर मात्र होइन, बिभिन्न हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

होटल व्यवसायी तथा घ्याम्पेडाँडा रिसोर्टका सञ्चालक राजेन्द्र प्याथले घ्याम्पेडाँडा–रानीकोट पक्की सडक नर्माण भएसँगै पर्यटकको आगमन ह्वात्तै बढेको बताए । उनले सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्रा मार्ग र रानीकोट, आशापुरी, बोकाचो गढी पर्यटकको रोजाइमा पर्न थालेपछि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको बताए ।

पर्यटकको आगमन बढेपछि घ्याम्पेडाँडा रानीकोट क्षेत्रमा जीप लाइन सञ्चालनमा आएको छ भने ठूला होटल निर्माणको क्रम बढेको छ । निर्माण भइसकेको करिब १४ होटल आन्तरिक पर्यटकले नै भरिन थालेका छन् ।

भक्तपुरको अर्को पर्यटकीय गन्तव्य नगरकोटमा नयाँ वर्षमा तीन दिन अगाडिदेखि नै होटल खचाखच भएका छन् । नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न नगरकोटमा एक रात बसेर सूर्योदय र हिमाली दृश्य हेरेर फर्कने पर्यटकले यहाँका होटल खचाखच भरिएका छन् ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *