• Home
  • अर्थ
  • भक्तपुरका अस्पतालहरुको क्यान्टिन अनुगमन
Image

भक्तपुरका अस्पतालहरुको क्यान्टिन अनुगमन


काठमाडौं, भदौ २१ गते
भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरमा रहेका अस्पतालहरुका क्यान्टिनहरुको अनुगमन गरिएको छ ।अनुगमनमा बिरामी उपचार गर्ने अस्पतालहरुको क्यान्टिनले नै बिरामी उत्पादन गरिरहेको संयोजक गोराले आरोप लगाए । अनुगमनमा भक्तपुर अस्पतालमा रहेको सदाबहार चमेना गृहमा फ्रिजमा विग्रेको कुखुरा र रागोको मासु राखेकोले नष्ट गराउन लगाइयो ।

साथै पाकेको र काचो खाद्य बस्तुहरु छुट्टाछुट्टै राख्न र फोहर कुहिने र नकुहिने छुट्ट्याएर भान्छा बाहिर राख्न, अखाद्य तेल र पटकपटक पकाएर तेल प्रयोग नगर्न, कामदारहरुले एप्रोन माक्स, पञ्जा, हेयरनेट प्रयोग गर्न, भान्छा एकदमै फोहर देखिएकोले सफा र व्यवस्थित गरी ग्यास सुरक्षित राख्न निर्देशन दिई तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।

त्यस्तै क्यान्सर अस्पतालनको सुप्रिमु रेष्टुरेन्ट एण्ड मःम हाउसमा भान्छा कोठा धुवा र तेलले कालो ९खार० भइसकेकोले सफा गरी चिम्नीको व्यवस्था गरी सफा र व्यवस्थित गर्न, क्यान्टिनमा प्रयोग भएको खाद्य सामाग्रीको म्याद नाघेको मिति नभएको चामल भेटिएकोले लेबल नभएको प्रयोग नगर्न, कामदारहरुले एप्रोन माक्स, पञ्जा, हेयरनेट प्रयोग गर्न निर्देशन दिई पसल दर्ता नभएकोले दर्ता गरायो ।

त्यस्तै मानव अंग प्रत्यारोपण अस्पतालमा रहेको गुडविल रेष्टुरेन्ट एण्ड क्यान्टिनमा भान्छाको भुई भित्ता सफा गर्न मिल्ने गरी निकासको व्यवस्था गर्न, कामदारहरुले एप्रोन माक्स, पञ्जा, हेयरनेट प्रयोग गर्न, मूल्यसूचि राख्न, सरसफाईमा ध्यान दिन र दर्ता प्रमाणपत्र पसलमा नभएकोले देखिने गरी पसलमा राख्न र तीन दिनभित्र दर्ता प्रमाणपत्र लिएर वडा कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।

त्यस्तै इवामुरा अस्पतालमा रहेको सुनिता खाजा घरमा भान्छामा सरसफाईमा ध्यान दिन, मूल्यसूचि राख्न, कामदारहरुले एप्रोन माक्स, पञ्जा, हेयरनेट प्रयोग गर्न, फ्रिजमा खाद्य बस्तुहरु, जुस र आइसक्रिम संगै राखेकोले छुट्टाछुट्टै राख्न र पसल दर्ता बिना विगत दश बर्ष अगाडिदेखि संचालनमा रहेकोले तीन दिनभित्र वडा कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।

अनुगमनमा वडाध्यक्ष श्यामकृष्ण खत्री, सदस्य रोशनमैया सुवाल, रीता फसिकवा, ज्ञानबहादुर मानन्धर, भनपा श्यानिटेशका उपशाखा प्रमुख दिलिपकुमार सुवाल, वडा निरीषक रामकृष्ण प्रजापति, कर शाखाका न्हुज किजु, जिल्ला प्रशासन कार्यालय भक्तपुरका यादवप्रसाद मिश्र, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरीक्षक भगाउर प्र। हरिजन, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, घरेलु तथा साना उद्योग संघका लक्ष्मी कवाको सहभागिता थियो ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *