• Home
  • गण्डकी प्रदेश
  • बैकिङ कसूरमा १५ लाख ८० हजार जरिवाना तोकिएर फरार रहेका युवक पक्राउ
Image

बैकिङ कसूरमा १५ लाख ८० हजार जरिवाना तोकिएर फरार रहेका युवक पक्राउ

लमजुङ, १३ भदौ

प्रहरीले बैंकिङ कसूर गरी वैदेशिक रोजगारी गएका एक युवालाई पक्राउ गरेको छ । बेसीसहर नगरपालिका-७ बस्ने २९ वर्षीय नवराज रिमाल पक्राउ परेका हुन्।

विभिन्न बैंकिङ कसूर मुद्दामा लगत कायम भई १७ दिन कैद र १५ लाख ८० हजार भएका रिमाल विदेशबाट आएर लुकिछिपी बस्दै आएको र प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताए । 

उनीविरुद्ध उच्च अदालत पाटनबाट पाँचवटा छुट्टाछुट्टै बैंकिङ कसूर मुद्दा दर्ता भई ९ मंसिर २०७६ मंसिरसमेत गरी अन्य विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकेको जिप्रका लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । 

रिमाललाई जिल्ला अदालत लमजुङबाट शुक्रबारदेखि लागु हुनेगरी कैद भुक्तान र जरिवानाबापतको रकम असुलउपरका लागि कारागार चलान गरिएको जिप्रका लमजुङले जनाएको छ ।
 

Related Posts

लायन्स ३२५ पीको नेतृत्व कसौधनलाई, मीना पन्थी र अर्चित श्रेष्ठ पनि निर्वाचित

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पीको गभर्नरमा सन्दीप कसौधन सर्वसम्मत निर्वाचित हुनुभएको छ। बुटवलमा शनिवार सम्पन्न निर्वाचनबाट उहाँ…

ByByanjana soni ३ महिना अगाडि

लोकतान्त्रिक महिला संघले समानुपातिक उम्मेदवार सिफारिस गरेको छ

  संघको केन्द्रीय कार्यालय, बबरमहल काठमाडौँबाट जारी पत्र अनुसार आगामी २०८२ माघ २९ मा हुने प्रतिनिधि सभाको निर्वाचनका…

ByByYOUTV Nepal ७ महिना अगाडि

रुपन्देही डान्स स्टार चौथो संस्करणको फाईनल राउण्डमा २० प्रतियोगीहरु पुगे

  बुटवल,  मंसिर । नेपाली कला, संस्कृतिको संरक्षण गर्दै युवा कलाकार उत्पादन गर्ने उदेश्यका साथ जारी रुपन्देही डान्स…

ByByYOUTV Nepal २ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *