Trending

बैंकको बढ्दो ब्याजदर र घट्दो पर्यटकले पर्यटन व्यवसायी चिन्तित

1.0kViews
0 Shares


काठमाडौं । माघ २१ गते । केही समययता एकाएक पर्यटकको चहलपहल घटेपछि पोखरेली पर्यटन व्यवसायीलाई चिन्तित बनाएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा पर्यटन लक्षित पूर्वाधारको लगानीमा हौसिएका पर्यटन व्यवसायीलाई यतिखेर कम हुँदै गएको पर्यटकको आगमन र बढ्दो बैंकको ब्याजदर समस्या बनेको छ ।

पर्यटकीय राजधानीको उपमा पाएको पोखरा माघ १ गते भएको विमान दुर्घटना पछि सुनसान प्रायः छ । काठमाडौँपछि उल्लेख्य सङ्ख्यामा पर्यटक पुग्ने पोखरामा कोरोना कहर पछि भने पर्यटकको आगमन बढ्ने आशा पलाएको थियो । अङ्ग्रेजी नयाँ वर्षका बेलामा आसपासमा स्वदेशी एवम् विदेशी पर्यटकले खचाखच भरिएको पोखरामा पर्यटनको आशा जगाए पनि एकाएक भएको विमान दुर्घटनाले यतिखेर सुनसान बनाएको हो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ व्यवसाय नै धान्न धौधौ परेको वास्तविकतालाई बुझ्दै सरकारले ब्याजदर घटाउन र किस्ताको समयावधि बढाउनका लागि पहल गरिदिनुपर्ने बताएका छन् ।

शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको स्वागतार्थ आयोजित कार्यक्रममा उहाँले आफूहरू बैंकको ऋण तिर्ने कुरामा पूर्णरुपमा प्रतिबद्ध भएको र नतिर्ने कुनै चाहना नभएको बताए। व्यवसायलाई बचाउन किस्ता तिर्ने समय बढाइदिनुपर्ने र ब्याज घटाएर दिनुपर्ने मुख्य माग रहेको उनको भनाई थियो ।

‘सिजन’ होस् या ‘अफ सिजन’ पोखरा अधिकांश समय पर्यटकको चहलपहल हुने गन्तव्य हो । कोरोना कहरको महामारी बीच पनि यहाँको पर्यटनलाई आन्तरिक पर्यटकले केही न केही भरथेग गरेका थिए ।

नेपाल आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत पोखरा आउँछन् । कोरोना कहरपछि विस्तारै लयमा फर्कन लागेको पर्यटन आगामी दिनमा कसरी बढ्ने हो यतिखेर चिन्ताको विषय बनेको छ । हिउँदको समय भएका कारण यतिखेर माछापुच्छ्रे« र अन्नपूर्णलगायतको हिमालको काखमा रहेका फेवातललगायतका तालतलैयामा पर्यटकको चहलपहल बढ्नुपर्ने हो । बढ्दो ब्याजदर र घट्दो पर्यटकका कारण व्यवसाय नै जोगाउने विषय प्रमुख चिन्ता बनेको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष धर्म पन्थी बताउछन् ।

तथ्याङ्कअनुसार पोखराका होटेल तथा रिसोर्टमा सात सय व्यवसायीको लगानी छ । यसअघि सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्दा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ भौतिक पूर्वाधारमा लगानी गर्न गरेको आग्रहलाई दृष्टिगत गरेर तत्कालीन समयमा उत्साहित बनेका यहाँका पर्यटन व्यवसायीले कोरोना पूर्वको बीचको समयमा पनि ठूलै लगानी गरेका थिए ।

पोखरामा होटलमा मात्रै करिब रु पौने चार खर्बभन्दा बढी लगानी भइसकेको छ । पर्यटकस्तरीय होटलको सङ्ख्या एक हजार दुई सय हाराहारी छ । लेकसाइड र ड्यामसाइड क्षेत्रमा सात सय होटल छन् भने पाँचतारे दुई वटासहित अन्य तारे होटलको सङ्ख्या १८ छ ।प्रदेश सभाका जारी बैठकमा सदस्यले व्यवसायीमा परेको मारबारे संसद् तथा सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय